jhapaonline add

बिर्तामोड, २९ जेठ । नेपाल–भारत सीमा सम्बन्धी द्विपक्षीय फिल्ड कार्यअन्तर्गत झापाको बिर्तामोडमा नेपाल र भारतका उच्च अधिकारीहरूको सहभागितामा फिल्ड सर्भे बैठक भएको छ । आज बिर्तामोडमा आयोजित बैठकमा भारतको बिहार राज्यअन्तर्गत किशनगञ्ज जिल्लाका जिल्ला अधिकारी (डीएम) विशाल राजसहित भारतीय सुरक्षा निकाय एसएसबीका अधिकारीहरूको सहभागिता रहेको थियो । नेपालतर्फबाट ताप्लेजुङ, पाँचथर, इलाम र झापाका प्रमुख जिल्ला अधिकारी तथा प्रतिनिधिहरू, नेपाल प्रहरी र सशस्त्र प्रहरीका जिल्ला प्रमुखहरू, जिल्ला वन कार्यालयका प्रमुखहरू लगायतको उपस्थिति रहेको थियो । बैठकमा नेपाल–भारत सीमा क्षेत्रको अवस्था, सीमा व्यवस्थापन, समन्वय तथा द्विपक्षीय सहकार्यका विषयमा छलफल भएको जनाइएको छ । सीमा क्षेत्रमा देखिएका समस्याको समाधान तथा दुई देशबीचको सहकार्यलाई…

Read More

झापा, २९ जेठ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयद्वारा गठित उच्चस्तरीय समितिले शून्य प्रगति रहेका ३८ जलविद्युत् आयोजनाको लाइसेन्स खारेज गर्न सिफारिस गरेको छ। ऊर्जा मन्त्रालयका सहसचिव मोहन शाक्यको संयोजकत्वमा गठित समितिले ऊर्जा मन्त्री विराजभक्त श्रेष्ठलाई बुझाएको प्रतिवेदनमा १ हजार ३८८ मेगावाट क्षमताका ती आयोजनाको अनुमतिपत्र रद्द गर्न सुझाव दिएको हो। समितिले २०७६ सालअघि अनुमति लिएर पनि कुनै प्रगति नगरेका ११ आयोजनाको लाइसेन्स तत्काल खारेज गर्न तथा ४ हजार १२१ मेगावाट क्षमताका ७५ आयोजनालाई ‘समस्याग्रस्त’ घोषणा गरी कारबाही प्रक्रिया अघि बढाउन पनि सिफारिस गरेको छ। प्रतिवेदनमा ऊर्जा क्षेत्रमा देखिएको ‘लाइसेन्स राज’ अन्त्य गर्दै अबदेखि प्रतिस्पर्धात्मक आधारमा मात्र सर्वेक्षण अनुमतिपत्र जारी…

Read More

झापा, २९ जेठ । काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयको टोलीले अमेरिका र क्रोएसिया पठाउने भन्दै रु ४० लाख ५० हजार ठगी गर्ने दुई जनालाई पक्राउ गरी बिहीबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा दोलखा शैलुङ गाउँपालिका–२ की ४५ वर्षीया रुकुकुमारी श्रेष्ठ तथा मोरङ उर्लाबारी नगरपालिका–६ का ३५ वर्षीय शैलेन्द्र शाक्य रहेका काठमाडौँ उपत्यका अनुसन्धान कार्यालयका प्रहरी उपरीक्षक शरतकुमार थापा क्षेत्रीले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “रुकुकुमारी श्रेष्ठले अमेरिका पठाउने भन्दै रु ३५ लाख तथा शैलेन्द्र शाक्यले क्रोएसिया पठाउने भन्दै रु तीन लाख ५० हजार लिई विदेश नपठाई सम्पर्कविहीन भएको भन्ने उजुरीका आधारमा पक्राउ गरिएको हो ।” उनीहरुलाई काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट…

Read More

झापा, २९ जेठ । नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा ९ट्रफ० तथा स्थानीय वायुको प्रभावका कारण देशका विभिन्न क्षेत्रमा वर्षा हुने सम्भावना छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशलगायत देशका अधिकांश हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहेको छ भने तराई क्षेत्रमा आंशिक बदली छ । लुम्बिनी प्रदेशका केही स्थान तथा कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका एकदुई स्थानमा हल्का वर्षा भइरहेको छ । आज दिउँसो कोशी, मधेस र बागमती प्रदेशसहित देशका हिमाली तथा पहाडी भूभागमा साधारणतया बदली रहने तथा बाँकी तराई क्षेत्रमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ । कोशी…

Read More

झापा, २८ जेठ । नेपाल राष्ट्र बैंकले आज बिहीबारका लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, अस्ट्रेलियन डलर, कुवेती र बहराइन दिनारहित सबैजसो विदेशी मुद्राको मूल्य घटेको छ। हिजो पनि यी सबै मुद्राको भाउ घटेको थियो। राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ १३ पैसा र बिक्रीदर १५२ रुपैयाँ ७३ पैसा निर्धारण भएको छ। हिजो अमेरिकी डलर १ को खरिददर १५२ रुपैयाँ २७ पैसा र बिक्रीदर १५२ रुपैयाँ ८७ पैसा थियो। यही जेठ ७ गते अमेरिकी डलर १ को खरिददर १५४ रुपैयाँ ६२ पैसा र बिक्रीदर १५५ रुपैयाँ २२ पैसा पुगेको…

Read More

झापा, २८ जेठ । अमेरिका पठाउने बहानामा ३८ लाख ५० हजार ठगी गर्ने एक महिलालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरीको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले अमेरिका पठाउने बहानामा सो रकम ठगी गर्ने रोल्पाकी ५४ वर्षीया निर्मलाकुमारी श्रेष्ठलाई पक्राउ गरेको हो । बेरोजगार युवायुवतीलाई अमेरिकामा आकर्षक तलब हुने रोजगारी दिलाइदिने भन्दै प्रलोभनमा पारेर ठगी गरेको कार्यालयका सूचना अधिकारी एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिनुभयो । काठमाडौँको चन्द्रागिरि बस्दै आएकी श्रेष्ठलाई टेकुबाट पक्राउ गरिएको हो । उनले पीडितबाट पटक पटक गरी उक्त रकम ठगी गरेको खुलेको छ । पक्राउ परेका श्रेष्ठले रकम लिएपछि पीडितलाई लामो समयसम्म झुक्याएर राखेको तथा…

Read More

झापा, २८ जेठ । चार वर्षको प्रतीक्षापछि फिफा विश्वकप फुटबलको २३औँ संस्करण आजबाट सुरु हुँदैछ । पहिलोपटक तीन राष्ट्रमा संयुक्त रूपमा आयोजना हुन लागेको प्रतियोगिताको उद्घाटन खेलमा सह–आयोजक मेक्सिको र दक्षिण अफ्रिका आमनेसामने हुँदैछन् । मेक्सिको सिटी स्टेडियममा हुने खेल नेपाली समयअनुसार राति १२ः४५ बजे सुरु हुनेछ । अमेरिका, क्यानडा र मेक्सिकोमा संयुक्त रूपमा आयोजना भइरहेको यस संस्करणमा पहिलोपटक ४८ टोली सहभागी छन्। यसअघि विश्वकपमा ३२ टोलीले मात्र प्रतिस्पर्धा गर्दै आएका थिए । समूह ‘ए’ मा रहेका मेक्सिको र दक्षिण अफ्रिका दुवै विजयी सुरुआत गर्ने लक्ष्यमा छन् । यसअघि सन् २०१० को विश्वकपको उद्घाटन खेलमा पनि यी दुई टोली भिडेका…

Read More

झापा, २८ जेठ । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी चापीय रेखा तथा स्थानीय वायुको प्रभाव रहेको छ । यसको प्रभाव रहँदा बुधबार देशका अधिकांश भागमा हल्का वर्षा भएको थियो । जल तथा मौसम विज्ञान विभागका अनुसार देशभर साधारणतया बादल लाग्नेछ ।त्यसैगरी, कोशी, बागमती गण्डकी र लुम्बिनी प्रदेशका हिमाली र पहाडी भू–भागका केही स्थानहरू तथा मधेस प्रदेशलगायत कोशी, बागमती र गण्डकी प्रदेशका तराई भू–भाग, कर्णाली र सुदूरपश्चिम प्रदेशको हिमाली र पहाडी भू–भागका थोरै स्थानहरू साथै लुम्बिनी र सुदूरपश्चिम प्रदेशको तराई भू–भागका एकदुई स्थानमा मेघगर्जन÷चट्याङसहित मध्यमसम्मको वर्षा÷हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।

Read More

बिर्तामोड, २७ जेठ । बिर्तामोड नगरपालिकाले कृषकहरूलाई अनुदानमा विभिन्न कृषि औजार वितरण गरेको छ । कृषि विकास शाखाका अनुसार कृषकहरूलाई मकै छोडाउने मेसिन २६ थान, स्प्रे ट्याङ्की १४२ थान, ड्याङ लगाउने हलो ५९ थान, झार गोड्ने काँटा २० थान र हर्वना ३० थान वितरण गरिएको छ । नगरपालिकाले मकै छोडाउने मेसिनमा ७० प्रतिशत र अन्य बाँकी सबै औजारहरूमा ५० प्रतिशत अनुदान उपलब्ध गराएको हो । नगरप्रमुख पवित्रा महतारा प्रसाईले कृषकहरूलाई राहत मिलोस् भन्ने उद्देश्यले नगरपालिकाले प्रत्येक वर्ष कृषि सामग्री वितरण गर्दै आएको बताउनुभयो । उहाँले प्राप्त भएका कृषि औजारहरूको सही सदुपयोग गर्न कृषकहरूलाई आग्रह समेत गर्नुभएको छ । त्यसैगरी, नगर…

Read More

झापा, २७ जेठ । झापाको अर्जुनधारा नगरपालिकाले नगर क्षेत्रभित्र ट्र्याक्टरद्वारा प्रदान गरिने जोताइ सेवाको शुल्क निर्धारण गरेको छ । नगरपालिकाले आज किसान, ट्र्याक्टर सेवा प्रदायक व्यवसायी तथा सरोकारवालासँगको छलफलपछि जोताइ सेवाको शुल्क तय गरेको जनाएको छ । कृषि कार्यमा एकरूपता कायम गर्दै किसान र सेवा प्रदायकबीच हुने विवाद न्यूनीकरण गर्ने उद्देश्यले शुल्क निर्धारण गरिएको नगरपालिकाका नगरप्रमुख बलदेव सिंह गोम्देन तामाङले जानकारी दिनुभयो । निर्धारित शुल्कअनुसार रोटाभेटरद्वारा जोताइ सेवाको शुल्क प्रतिघण्टा २ हजार ४९० रुपैयाँ र कल्टिभेटरद्वारा जोताइ सेवाको शुल्क प्रतिघण्टा २ हजार २९० रुपैयाँ तोकिएको छ । नगरपालिकाले ट्र्याक्टर जोताइ सेवा उपयोग गर्ने किसानले सेवा लिएको मितिले एक महिनाभित्र सम्बन्धित…

Read More