jhapaonline add

झापा, २५ साउन । सरकारले विराटनगर जुट मिल पुनः सञ्चालनको सम्भावनाबारे अध्ययन गर्न विज्ञसहितको कार्यदल गठन गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सोमबार बसेको बैठकले मिलको विद्यमान आर्थिक, प्राविधिक तथा कानुनी अवस्था अध्ययन गरी पुनः सञ्चालनका लागि उपयुक्त विकल्प सिफारिस गर्न कार्यदल गठन गर्ने निर्णय गरेको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव वीरेन्द्रकुमार यादवका अनुसार कार्यदलले विराटनगर जुट मिलको वर्तमान अवस्था, यसअघि भएका सरकारी निर्णय तथा विभिन्न निकायले तयार गरेका अध्ययन प्रतिवेदनको समीक्षा गर्नेछ। बैठकमा मिलको व्यवस्थापन, सञ्चालनको सम्भावना, विद्यमान समस्या तथा पुनः सञ्चालनका लागि अपनाउन सकिने विभिन्न विकल्पबारे छलफल भएको थियो। कार्यदलले मिल पुनः सञ्चालनका लागि आवश्यक आर्थिक, प्राविधिक,…

Read More

बिर्तामोड, २५ साउन । नेपाली कांग्रेसका पूर्वमहामन्त्री एवं राष्ट्रियसभा सदस्य कृष्णप्रसाद सिटौलाले वर्तमान सरकारलाई कटाक्ष गर्दै स्टाटसले मात्रै देश चल्दैन भनेका छन् । नेपाली कांग्रेस जिल्ला पार्टी कार्यालय झापामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै सिटौलाले त्यस्तो कटाक्ष गरेका हुन् । वर्तमान प्रधानमन्त्री संसद्प्रति जवाफदेही नभएको टिप्पणी गर्दै सिटौलाले लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति उत्तरदायी हुनुपर्ने बताउनुभयो । “लोकतन्त्रमा प्रधानमन्त्री संसद्प्रति जवाफदेही र उत्तरदायी हुनुपर्छ,” उहाँले भन्नुभयो, “प्रधानमन्त्रीले पर्दापछाडिबाट शासन गर्न खोजेको देखिन्छ। स्टाटसले मात्रै देश चल्दैन।” संसद्मा उठेका प्रश्नको जवाफ प्रधानमन्त्रीले संसद्बाटै दिनुपर्ने उहाँको भनाइ थियो। भदौ २३ र २४ गते भएका घटनाका विषयमा राष्ट्रिय मानव अधिकार आयोग र सरकारले गठन गरेको…

Read More

झापा, २५ साउन । झापामा सशस्त्र प्रहरीले भन्सार छलेर नेपाल भित्र्याउँदै गरेको औषधि, किराना तथा लत्ताकपडासहित दुईवटा सवारीसाधन नियन्त्रणमा लिएको छ । कचनकवल गाउँपालिका–३ बगानस्थित सीमा इलाकाबाट सशस्त्र प्रहरीले ९ लाख ६७ हजार ३९० रुपैयाँ मूल्य बराबरको विभिन्न प्रकारका औषधिसहित एउटा ईभी गाडी नियन्त्रणमा लिएको हो । सशस्त्र प्रहरी बल, नेपाल सीमा सुरक्षा गुल्म घेराबारीबाट सशस्त्र प्रहरी नायब उपरीक्षकको कमाण्डमा खटिएको ९ जनाको गाडी मोबाइल टोलीले सोमबार बिहान १०ः५५ बजे भारतबाट नेपालतर्फ आउँदै गरेको प्रदेश १–०१–००२ च १०१७ नम्बरको ईभी गाडीलाई शंकास्पद अवस्थामा चेकजाँच गरेको थियो । प्रहरीका अनुसार चेकजाँचका क्रममा गाडी चालक तथा सम्बन्धित व्यक्ति गाडी र सामान छाडेर…

Read More

भद्रपुर, २५ साउन । गत असार २७ गते भद्रपुर नगरपालिकाका प्रमुख गणेश पोखरेल, उपप्रमुख राधा कार्की तथा वडाध्यक्षत्रय– बन्धु कार्की, अभिषेक ढुंगाना र गौरव सुब्बा ‘मनोज’ को रोहवरमा गठित भद्रपुर पुस्तकालयको तदर्थ समितिले पूर्णता पाएको छ । आज साउन २४ गते स्थानीय प्रेस क्लबको सभाकक्षमा तदर्थ समितिका संयोजक चिन्तामणि दाहालको अध्यक्षतामा भएको सल्लाहकार समिति समेतको संयुक्त बैठकले ९ सदस्यीय कार्यसमितिलाई पूर्णता दिएको हो । जसअनुसार, डा. गीता श्रेष्ठ– उपाध्यक्ष, राजबाबु शंकर– सचिव, अजय साहेवाला– कोषाध्यक्ष, डिल्लीरमण नेपाल– सहसचिव एवम् सदस्यहरूमा– वडा न.५ का अध्यक्ष समेत रहनुभएका बन्धु कार्की, धनजुजु श्रेष्ठ, सन्तोष अग्रवाल र नीलम गोयल हुनुहुन्छ । पूर्ण बैठकमा भद्रपुरका…

Read More

झापा, २५ साउन । मोरङ, झापा र सुनसरीबाट प्रहरीले लागूऔषध ब्राउन सुगरसहित ६ जनालाई पक्राउ गरेको छ। प्रहरीका अनुसार साउन २४ गते मोरङको सुनवर्षी नगरपालिका–८ स्थितमा प्रहरी चौकी सिक्टीबाट खटिएको टोलीले उर्लाबारी नगरपालिका–२ का ३२ वर्षीय प्रेमबहादुर नेपाली र २५ वर्षीय सुजन धिमाललाई २ ग्राम २७० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो। यस्तै, प्रहरी चौकी रमाइलोबाट खटिएको टोलीले लेटाङ नगरपालिका–३ का ३८ वर्षीय टंकप्रसाद राईलाई ३ ग्राम २५० मिलिग्राम ब्राउन सुगर र प्रदेश १–०२–०४३ प ९९१६ नम्बरको स्कुटरसहित नियन्त्रणमा लिएको छ। झापाको भद्रपुर नगरपालिका–५ बाट पनि प्रहरीले एक जनालाई लागूऔषधसहित पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय भद्रपुर र सीमा सुरक्षा…

Read More

भद्रपुर, २५ साउन । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) झापाले भद्रपुर नगरपालिका–२ महारानी चोककी इन्द्रमाया खातीका लागि तीन कोठे घर निर्माण गरी हस्तान्तरण गरेको छ । जिल्लाका १५ वटै स्थानीय तहमा विपन्न नागरिकका लागि घर निर्माण गर्ने अभियानअन्तर्गत नेकपाले इन्द्रमायाको घर निर्माण गरेको हो । आज आयोजित घर हस्तान्तरण कार्यक्रममा नेकपा कोशी प्रदेश संसदीय दलका नेता इन्द्र आङ्बोले इन्द्रमायालाई घरको चाबी हस्तान्तरण गर्नुभयो । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि आङ्बोले संविधान निर्माणका क्रममा आवासको अधिकारलाई मौलिक हकका रूपमा समावेश गरिएको बताउनुभयो । कम्युनिस्ट सरकार भएका बेला विपन्न तथा सुरक्षित आवास कार्यक्रम सञ्चालन गरिए पनि राजनीतिक अस्थिरताका कारण त्यसलाई पूर्ण रूपमा अघि…

Read More

बिर्तामोड, २५ साउन । निर्मल पुर्जा ‘निम्स दाइ’सहित ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका १० जना आरोहीको स्मृतिमा झापाको बिर्ताबजारमा पानी वितरण तथा दीप प्रज्वलन कार्यक्रम गरिएको छ। सैनिकमोड युथको आयोजना तथा अनारमनी सोसल युथ क्लबको सहकार्यमा शनिबार आयोजित कार्यक्रममा ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका साहसी आरोहीप्रति श्रद्धाञ्जली अर्पण गर्दै उनीहरूको योगदान र साहसको स्मरण गरिएको थियो। कार्यक्रममा सहभागीले दिवंगत आरोहीको आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति समवेदना व्यक्त गरेका थिए। अनारमनी सोसल युथ क्लबका अध्यक्ष राज मुखियाले ‘निम्स दाइ’सहित ब्रड पिक आरोहणका क्रममा ज्यान गुमाएका सबै आरोहीप्रति सम्मान व्यक्त गर्न कार्यक्रम आयोजना गरिएको बताउनुभयो। उहाँले युवाहरू सामाजिक उत्तरदायित्वप्रति…

Read More

बिर्तामोड, २५ साउन । नेपाल आदिवासी जनजाति महासंघ नगर समन्वय परिषद् बिर्तामोड, झापाको आयोजनामा ३२औँ विश्व आदिवासी दिवस विविध कार्यक्रमसहित भव्य रूपमा सम्पन्न भएको छ। “प्राप्त अधिकारको रक्षा आजको आवश्यकता, पहिचानसहितको समावेशी र न्यायपूर्ण नेपाल निर्माणमा हाम्रो प्रतिबद्धता” तथा “आदिवासी जनजातिको पहिचान, स्वायत्तता र अधिकारको पूर्ण ग्यारेन्टी गरौँ” भन्ने नाराका साथ आइतबार बिर्तामोडमा दिवस मनाइएको हो। दिवसको अवसरमा विभिन्न जातजातिका सांस्कृतिक झाँकीसहित र्‍याली निकालिएको थियो। “यूएनडीपी र आईएलओ १६९ सम्बन्धी सर्वोच्च अदालतको निर्देशनात्मक आदेश कार्यान्वयन गर”, “३२औँ अन्तर्राष्ट्रिय आदिवासी दिवस सफल पारौँ” लगायतका नारासहितको र्‍याली बिर्तामोडको मुक्ति चोकस्थित हनुमान सेन्टरबाट सुरु भएको थियो। विभिन्न जातजातिका सांस्कृतिक झाँकी, नाराबाजी तथा प्लेकार्डसहितको…

Read More

सन्तोष शर्माझापा, २५ साउन । झापाको बाहुनडाँगीसहित मानव–हात्ती द्वन्द्व प्रभावित क्षेत्रमा डिभिजन वन कार्यालयले सुरक्षा, उद्धार र पूर्वसूचना प्रणालीलाई प्रभावकारी बनाउँदै लैजान विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको छ । बाहुनडाँगी क्षेत्रमा हाल सशस्त्र वन रक्षकको १५ सदस्यीय टोली सवारीसाधनसहित स्थायी रूपमा परिचालन गरिएको छ । वन रक्षकका लागि बाहुनडाँगीमै आवासको व्यवस्था गरिएको छ भने वन्यजन्तु बस्तीमा प्रवेश गरेको वा घाइते भएको सूचना प्राप्त हुनासाथ तत्काल उद्धार र पुनः वन क्षेत्रमा पुनस्र्थापना गर्न सवारीसाधन तयारी अवस्थामा राखिएको डिभिजन वन कार्यालय झापाका सूचना अधिकारी हिमाल पाठकले जानकारी दिनुभयो । भारतबाट आउने जंगली हात्तीलाई मानव बस्तीमा प्रवेश गर्न रोक्न सीमावर्ती क्षेत्रमा सोलार फेन्सिङ निर्माण…

Read More

इलाम, २५ साउन । अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खस्नुका साथै नदी तथा खोलाले सडक कटान गर्दा प्रमुख राजमार्ग र सडकखण्ड अवरुद्ध भएका छन्। सडक अवरुद्ध हुँदा विभिन्न क्षेत्रमा यातायात सेवा प्रभावित भएको छ। प्रहरी प्रधान कार्यालयले आज बिहान ६ बजेसम्मको विवरण सार्वजनिक गर्दै काभ्रेपलाञ्चोक, सिन्धुपाल्चोक, इलाम, रसुवा, रुकुम पश्चिम र लमजुङका विभिन्न सडकखण्डमा यातायात प्रभावित भएको जनाएको छ। काभ्रेपलाञ्चोकको रोशी गाउँपालिका–९ पिन्थली, नार्केस्थित बीपी राजमार्गमा आज बिहान ४ बजे वर्षाका कारण माथिबाट लेदोसहितको पहिरो खसेपछि सडक पूर्ण रूपमा अवरुद्ध भएको छ। यस्तै, खुर्कोट–नेपालथोक–कटुन्जेबेँसी–सिन्धुली सडकखण्डमा सम्भावित बाढीको जोखिमलाई दृष्टिगत गरी साँझ ६ बजेदेखि बिहान ४ बजेसम्म सबै प्रकारका…

Read More