
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
दमक, ७ भदौ । जेन्जी आन्दोलनका क्रममा लुटपाट भएको एक थान सटगनसहित प्रहरीले झापाको दमकबाट शनिबार एक जनालाई पक्राउ गरेको छ। जिल्ला प्रहरी कार्यालय झापाका अनुसार मोरङको उर्लाबारी नगरपालिका–६ घर भई हाल दमक नगरपालिका–२ रतुवा पुलस्थित अक्ष इन्टरप्राइजेज मोटरसाइकल ग्यारेजमा काम गर्ने २० वर्षीय सुमन कर्णलाई प्रहरीले पक्राउ गरेको हो । कर्णले गत २०८२ साल भदौ २३ र २४ गते भएको जेन्जी आन्दोलनका क्रममा लुटिएको हतियार (सटगन) दमक नगरपालिका–४ त्रिवेणी चोकस्थित खैरबारीमा लुकाएर राखेको भन्ने गोप्य सूचना प्रहरीले प्राप्त गरेको थियो । सूचनाका आधारमा इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको टोलीले कर्णलाई नियन्त्रणमा लिई उनले बताएको स्थानमा लगेर…
भद्रपुर, ७ भदौ । मेची बहुमुखी क्याम्पसको रिसर्च मेनेज्मेन्ट सेल (आरएमसी)को आयोजनामा जलवायु परिवर्तन अनुकूलन र न्यूनीकरण सम्बन्धमा बहुसरोकारवाला बीच यहाँ गोष्ठी एवम् कार्यशाला शुरु भएको छ । जलवायु परिवर्तनसँग सम्बन्धित २ दिने गोष्ठीको स्थानीय डे–ग्लो होटलको प्रेक्षालयमा भद्रपुरका नगर–प्रमुख गणेश पोखरेलले ‘हरित भविष्य’को कामना सहित बिरुवामा जल सिंचन गरी उद्घाटन गरेका हुन् । भद्रपुर लगायत अर्जुनधारा, मेचीनगर, दमकसम्मका वातावरण विज्ञान विषयक अध्यापक सहभागी छन् भने मेची क्याम्पस वातावरण विज्ञान विषय अध्ययनरत ६५ जना विद्यार्थीहरूको सो गोष्ठी एवम् कार्यशालामा सहभागिता रहेको उप–प्राध्यापक केशव काफ्लेले जानकारी दिए । मेची क्याम्पसका प्रमुख देवीप्रसाद आचार्यको सभापतित्वमा भएको उद्घाटन सत्रमा आरएमसी।का संयोजक प्रा.डा. ठाकुरप्रसाद…
रुकुम पश्चिम, ७ भदौ । रुकुम पश्चिममा गाडीको ठक्करबाट आमा–छोरीको मृत्यु भएको छ। आइतबार बिहान सानीभेरी गाउँपालिका–८, एकान्तकुनानजिक सिम्ली बजारतर्फबाट आएको भे.१ ज १४४२ नम्बरको विद्युतीय गाडीले ठक्कर दिँदा आमा–छोरीको मृत्यु भएको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक वेदबहादुर पौडेलका अनुसार मृत्यु हुनेमा गुल्मीको रुरुक्षेत्र गाउँपालिका–४, बलेटक्सार निवासी २६ वर्षीया स्वस्तिका पौडेल र उहाँकी दुई वर्षीया छोरी शान्दिका ज्ञवाली रहनुभएको छ। प्रहरीका अनुसार स्वस्तिकाका श्रीमान् लक्ष्मी सनराइज बैंकको मुसिकोट शाखामा कार्यरत हुनुहुन्छ। उहाँलाई भेटेर फर्कने क्रममा छोरीलाई शौचालय लैजान गाडीबाट ओर्लिएका बेला गाडीले ठक्कर दिएको हो। प्रहरीले दुवै जनाको शव जिल्ला अस्पतालमा राखिएको जनाएको…
काठमाण्डौ, ७ भदौ । दास व्यापार तथा यसको उन्मूलनको स्मरणमा आज अन्तर्राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी विश्वभर मनाइँदैछ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) का अनुसार हरेक वर्ष अगस्ट २३ तारिखमा यो दिवस मनाइन्छ । दास व्यापारको इतिहास, त्यसबाट मानव समुदायले भोग्नुपरेको पीडा तथा दासत्व उन्मूलनका लागि भएका सङ्घर्षको स्मरण गर्दै दास व्यापारविरुद्ध जनचेतना अभिवृद्धि गर्नु दिवसको मुख्य उद्देश्य हो । सन् १७९१ मा अहिलेको हाइटीको सेन्ट–डोमिङ्गमा अगस्ट २२ देखि २३ को रातमा सुरु भएको विद्रोहले दासत्व तथा अन्तर्राष्ट्रिय दास व्यापार उन्मूलनको अभियानमा महत्वपूर्ण भूमिका खेलेको थियो । युनेस्कोका अनुसार यो दिवस पहिलोपटक सन् १९९८ मा हाइटीमा…
खोटाङ, ७ भदौ । खोटाङमा जोत्दै गरेको हल गोरुको चट्याङ लागेर ज्यान गएको छ । बारीमा जोतिरहेको समयमा चट्याङ लागेर हलेसी तुवाचुङ नगरपालिका –९ सल्लेका दिलकुमार राईको हल गोरुको ज्यान गएको हो । जोतिरहनुभएका राई बेहोस् हुनुभएको स्थानीयले बताएका छन् । अहिले राईको स्वास्थ्य अवस्था सामान्य रहेको छ । राईको हलगोरु भने घटनास्थलमै मरेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ । शनिबार अपरान्ह साढे ४ बजे जोतिरहेको समयमा चट्याङ लागेको थियो । जोतिरहेको समयमा चट्याङ लाग्दा हल गोरुको हलो जुवासहित ढलेर घटनास्थलमै मरेको स्थानीयले बताएका छन् ।
झापा, ७ भदौ । पूर्वी नाका काँकरभिट्टाबाट गत आर्थिक वर्षमा रु २४ अर्बभन्दा बढीको कृषिजन्य वस्तु आयात भएको छ । प्लान्ट क्वारेन्टाइन कार्यालय काँकरभिट्टाका प्रमुख नन्दकिशोर सिंहका अनुसार आव २०८२÷८३ मा भारत, चीन, अष्ट्रेलिया र बङ्गलादेशबाट खाद्यान्न, दलहन, ताजा तरकारी तथा फलफूल गरी रु २४ अर्ब २६ करोड ७४ लाखको कृषिउपज सामग्री नेपाल भित्रिएको हो । आयातीत कृषि वस्तुमध्ये सबैभन्दा ठूलो हिस्सा खाद्यान्न र दलहनको रहेको उहाँले बताउनुभयो । भारतबाट रु २४ करोड २३ लाख १३ हजारको चामल र कोदो रु १८ करोड ८३ लाखको आयात भएको छ । यस्तै, अष्ट्रेलिया र भारतबाट रु १८ करोड २७ लाख ९९ हजारको…
भिटामिन सीको सर्वोत्तम स्रोत मानिने अमलामा तीन सुन्तला बराबर भिटामिन सी एक अमलामा हुन्छ । अमलालाई आयुर्वेदिक औषधिको रुपमा पनि प्रयोग गरेको पाइन्छ । यसमा गालिक एसिड, टान्निुक एसिड, सेलुलोज, क्याल्सियम, अल्बुमिन जस्ता रसायनिक तत्व पाइन्छ । यसलाई अचार तथा बिभिन्न किसिमका मिठाइहरु बनाउनमा पनि प्रयोग गरिन्छ । आउनुस् हेरौं यसका फाइहरु के–के रहेछन् ? १. अमलाको नियमित सेवनले शरीरमा पाचन शक्ति बढाउनुका साथै स्मरण शक्ति बढाउन मद्दत गर्छ । २. अमलाको सेवनले बुढोपन हुनबाट जोगाउनुका साथै मधुमेह तथा मुटुसम्बन्धी रोग लाग्नबाट बचाउँछ । ३. यसको सेवनले शरीरमा भएका विकार पदार्थहरु बाहिर निकाल्न मद्दत गर्छ । ४. अमलाको नियमित सेवनले…
हरि लम्साल निर्देशित चलचित्र ‘बा : एक योद्धा’ को ट्रेलर सार्वजनिक गरिएको छ। कमलपोखरीस्थित बिग मुभिजमा शुक्रबार आयोजित एक कार्यक्रमकाबिच सार्वजनिक ट्रेलरको केन्द्रमा बुबाको संघर्ष छ। आफ्नो सन्तानको सुख र खुसीका लागि बुवा जस्तो सुकै त्याग, संघर्ष र बलिदानी दिन तयार हुन्छ भन्ने बिषय ट्रेलरले देखाएको छ । आफ्ना सन्तानका लागि बलिदान दिन तयार हुने बाबुआमा तर त्यसको गुन भुल्ने समाज निर्माण हुँदै गएको समेत ट्रेलरले बुझाउन खोजेको छ । ‘बाः एक योद्धा’ भदौ १९ गतेदेखि प्रदर्शनमा आउदैछ । चलचित्रमा दिव्यदेव, झरना थापा, सुहाना थापा, माओत्से गुरुङ, अनिल बुढाथोकी, सागर खनाल, शिशिर सिवाकोटी, सुप्रज्ञा शर्मा र शवि थापा मुख्य भूमिकामा…
भद्रपुर, ६ भदौ । जापानिज इन्सेफ्लाइटिस (जेई) बाट झापामा थप एक जनाको मृत्यु भएको छ । मेचीनगर नगरपालिका–८ की ६४ वर्षीया महिलाको मृत्यु भएको स्वास्थ्य कार्यालय झापाले जनाएको छ । योसँगै जिल्लामा जेईबाट मृत्यु हुनेहरूको सङ्ख्या ६ र सङ्क्रमितहरूको सङ्ख्या ११ पुगेको छ । मृत्यु हुनेहरूमा चार महिला र दुई पुरुष छन् । हालसम्म मेचीनगरमा दुई तथा हल्दीबारी, बाह्रदशी, बिर्तामोड र अर्जुनधारामा एक–एक जनाको मृत्यु भएको कार्यालयले जनाएको छ । मेचीनगरका ५, हल्दिबारीका १, बाह्रदशीका १, कचनकवलका १, बिर्तामोडका २ र अर्जुनधाराका १ जनामा जापानिज इन्सेफ्लाइटिस (जेई) को सङ्क्रमण देखा परेको हो । त्यसमध्ये ६ जनाको मृत्यु भइसकेको, दुई जना…
रौतहट, ६ भदौ । रौतहटको राजदेवी नगरपालिका–७ मुडवलवामा घरको ताल्चा तोडेर चोरी गर्दै गरेको अवस्थामा एक युवक पक्राउ परेका छन् । पक्राउ पर्नेमा स्थानीय भोला राउत भेडिहरका छोरा ३० वर्षीय मनोज राउत भेडिहर रहेका छन्। उनलाई नेपाल प्रहरीमा कार्यरत प्रहरी सहायक हवल्दार मनोज यादवको घरमा चोरी गर्दै गरेको अवस्थामा शुक्रबार राति पक्राउ गरिएको हो। प्रहरीका अनुसार घरमा कोही नभएको मौका छोपी राउतले घरको ढोकामा लगाइएको ताल्चा तोडेर सामान चोरी गरेका थिए। चोरीका सामान लिएर भाग्ने क्रममा घरधनीका आफन्त तथा स्थानीयले उनलाई घेरा हाली नियन्त्रणमा लिएका थिए। नियन्त्रणमा लिइएका राउतलाई जिल्ला प्रहरी कार्यालय रौतहटबाट पुगेको प्रहरी टोलीको जिम्मा लगाइएको छ। प्रहरी…