jhapaonline add

झापा, १३ भदौ । झापाको‌ बिर्तामो‌डमा स्थापित सिम्रिक बचत तथा ऋण सहकार‌ी संस्था (सिम्रिक साको‌स) सदस्यको‌ आर्थिक उन्नतिसँगै‌ सामाजिक उत्तर‌दायित्वमा समे‌त सक्रिय बन्दै‌ गएको‌ छ । झापा, इलाम र‌ मो‌र‌ङलाई कार्यक्षे‌त्र बनाएर‌ सञ्चालन भइर‌हे‌को‌ संस्थाले‌ आर्थिक चुनौ‌तीका बीच पनि सदस्यको‌ विश्वास कायम र‌ाख्दै‌ विभिन्न उद्यमशीलता तथा कल्याणकार‌ी कार्यक्रम सञ्चालन गरि‌र‌हे‌को‌ जनाएको‌ छ । निम्न तथा मध्यम आय भएका नागरि‌कको‌ आर्थिक अवस्था सुधार‌ गनेर्‌ उद्दे‌श्यले‌ स्थापित सिम्रिकले‌ बचत तथा ऋणको‌ कार‌ो‌बार‌मा मात्र सीमित नभई सदस्यलाई उद्यमशीलतासँग जो‌ड्ने‌ अभियानलाई प्राथमिकता दिएको‌ छ । संस्थाको‌ वार्षिक प्रगति विवर‌णअनुसार‌ सदस्यलाई कृषि, पशुपालन, लघु उद्यम, घर‌े‌लु उत्पादन तथा व्यापार‌–व्यवसाय प्रवद्र्धनसँग जो‌ड्ने‌ काम भइर‌हे‌को‌ छ । संस्थाका कार्यकार‌ी प्रमुख कमलबहादुर‌…

Read More

भद्रपुर, १३ भदौ । झापाको सदरमुकाम भद्रपुरमा चोरीका घटना बढ्न थालेपछि स्थानीयवासी त्रसित बनेका छन्। पछिल्लो पटक भद्रपुर–४ लक्ष्मीनगर टोलमा एकै रात तीन घरमा चोरी भएको छ। बिहीबार बिहान करिब २ बजेदेखि ३ः३० बजेको बीचमा तीन घरमा चोरी भएको हो। स्थानीय रोहित काफ्लेको घरबाट सामसुङ ए–२६ मोबाइल चोरी भएको छ। काफ्लेको घरसँगै जोडिएको गीता कार्कीको घरबाट रेडमी मोबाइल र करिब १८ हजार रुपैयाँ नगद चोरी भएको पीडितले बताएका छन्। त्यस्तै, दक्षिण–पश्चिम थापाको घरबाट पनि रेडमी मोबाइल र करिब ९ हजार रुपैयाँ नगद चोरी भएको छ। पीडितका अनुसार घरमा मानिसहरू सुतिरहेको अवस्थामा खाटको सिरानमा राखिएका मोबाइल तथा नगद चोरी भएको हो।…

Read More

झापा, १३ भदौ । रसुवाको भोटेकोशी नदीमा गत बुधबार आएको बाढीबाट रसुवा, नुवाकोट र धादिङमा ठूलो धनजनको क्षति भएपछि सरकार खोजी, उद्धार, राहत तथा पुनःस्थापनामा जुटेको छ। विपद्को यस विषम अवस्थामा स्वदेश तथा विदेशका विभिन्न सरकार, संस्था र व्यक्तिबाट सहयोग प्राप्त हुने क्रम जारी छ। हालसम्म विभिन्न देश तथा अन्तर्राष्ट्रिय संस्थाले आर्थिक तथा मानवीय सहयोग उपलब्ध गराइसकेका छन् भने केहीले सहयोगको प्रतिबद्धतासहित रकम घोषणा गरेका छन्। अर्थ मन्त्रालयका सहसचिव अमृत लम्सालका अनुसार एसियाली विकास बैंक (एडीबी)ले बजेटरी सहयोगका लागि ५० लाख अमेरिकी डलर अनुदान उपलब्ध गराउने प्रतिबद्धता जनाएको छ। एडीबीले प्राविधिक सहायताका लागि थप १ लाख ५० हजार अमेरिकी डलर…

Read More

झापा, १३ भदौ । रसुवास्थित भोटेकोशी नदीमा बुधबार बिहान अचानक आएको बाढीमा परी मृत्यु हुनेको सङ्ख्या ५५३ पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार बाढी प्रभावित विभिन्न जिल्लाबाट हालसम्म ५५३ जनाको शव फेला परेको हो । प्रहरी प्रधान कार्यालय, नक्सालका अनुसार शुक्रबार साँझसम्म रसुवामा १३, धादिङमा ४०, तनहुँमा ३१, नुवाकोटमा ३८, गोरखामा ४७, चितवनमा २२२, नवलपरासी पूर्वमा १३४ र नवलपरासी पश्चिममा २८ जनाको शव फेला परेको छ । एक हजार ४७३ जनाको उद्धारनेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी नायब महानिरीक्षक ९डीआईजी० अबिनारायण काफ्लेका अनुसार बाढी प्रभावित क्षेत्रबाट हालसम्म एक हजार ४७३ जनाको उद्धार गरिएको छ । उद्धार गरिएकामध्ये रसुवाबाट ५७२, नुवाकोटबाट ८९८…

Read More

झापा, १२ भदौ । सरकारले रसुवागढी तथा भोटेकोशी नदीमा आएको बाढीबाट हालसम्म ४ सय ७७ जनाको मृत्यु भएको जनाएको छ। सरकारका प्रवक्ता एवं शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले शुक्रबार मन्त्रिपरिषद् बैठकपछि आयोजित पत्रकार सम्मेलनमा बाढीबाट रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, गोरखामा ४४, नवलपरासी पूर्वमा १ सय १०, नवलपरासी पश्चिममा २७, तनहुँमा २८ र चितवनमा १ सय ८८ जनाको मृत्यु भएको जानकारी दिनुभयो। उहाँका अनुसार बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहत कार्यलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ। मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्रीसहित मन्त्रिपरिषद्का सबै सदस्यको एक महिनाको तलब प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णयसमेत गरेको छ। यस्तै, बाढी प्रभावित क्षेत्रमा…

Read More

झापा, १२ भदौ । भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढी तथा त्यसबाट सिर्जित विपद्मा बेपत्ता भएकामध्ये हालसम्म ४६९ जनाको शव फेला परेको छ । नेपाल प्रहरीले शुक्रबार बिहान ७ बजेसम्मको विवरण सार्वजनिक गर्दै ८ जिल्लाबाट ४६९ जनाको शव फेला परेको जनाएको हो । प्रहरीका अनुसार रसुवामा १२, नुवाकोटमा ३७, धादिङमा ३३, चितवनमा १७८, गोरखामा ४४, तनहुँमा २८, नवलपरासी पूर्वमा ११० र नवलपरासी पश्चिममा २७ जनाको शव फेला परेको छ । फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा १७८ जना र त्यसपछि नवलपरासी पूर्वमा ११० जना रहेका छन् । त्यस्तै गोरखामा ४४, नुवाकोटमा ३७, धादिङमा ३३, तनहुँमा २८, नवलपरासी पश्चिममा २७ र रसुवामा…

Read More

झापा, १२ भदौ । देशभर नव यज्ञोपवीत (जनै) एवं रक्षाबन्धन धारण गरेर आज जनैपूर्णिमा पर्व मनाइँदैछ । पूर्णिमाका दिन बिहानैदेखि वैदिक सनातन धर्मावलम्बीले नदी, ताल, तलाउ, पोखरीमा गई स्नान गरेर गुरु पुरोहितबाट रक्षासूत्र बाँध्ने प्रचलन छ । तागाधारीले गुरु पुरोहितले विधिपूर्वक मन्त्रिएको यज्ञोपवीत एवं डोरो (रक्षासूत्र) धारण गरेमा नकारात्मक तत्वबाट सुरक्षा प्राप्त हुने धार्मिक विश्वास छ । मानव रक्षाका लागि जप, तप र पूजा गरी मन्त्रिएको रक्षाबन्धन अर्थात् डोरो वैदिक परम्पराको मन्त्रोच्चारण गर्दै ब्राह्मण पुरोहितले यजमानको दाहिने नाडीमा बाँधिदिने गरिन्छ । आजकै दिन ब्राह्मण, क्षेत्री र वैश्य गरी तीन वर्णका तागाधारीले आफ्नो जनै ९यज्ञोपवीत० फेर्नुपर्ने विधानशास्त्रमा उल्लेख छ । यसका…

Read More

झापा, १२ भदौ । भाोटेकोशीको बाढीमा परेर सम्पर्कविहीन भएका ८ जनामध्ये ६ जनाको नाम सार्वजनिक गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगर अनुसार सम्पर्कविहीन हुनेहरुमध्ये मेचीनगर नगरपालिका–६ काँकरभिट्टाका ४२ वर्षीय दीपक खरेल रहेका छन् । उनी विगत एक वर्षदेखि रसुवास्थित अपर त्रिशूली–१ जलविद्युत् आयोजनाको डोसन कम्पनीमा कार्यरत रहेको विवरणमा उल्लेख छ । त्यस्तै, कनकाई नगरपालिका–३ नयाँबस्तीका ३८ वर्षीय घनश्याम भट्टराई रसुवाको टिमुरे बजारस्थित चिनियाँ जलविद्युत् परियोजनामा स्काभेटर अपरेटरका रूपमा कार्यरत थिए । कनकाई–२ का ५६ वर्षीय लक्ष्मण गुरुङ सम्पर्कविहीन छन् । उनी नुवाकोट मालुङ हाइड्रोको ड्याममा काम गर्दै आएका थिए । शिवसताक्षी नगरपालिका–२ का ४० वर्षीय भक्तबहादुर राई पनि…

Read More

झापा, ११ भदौ । भोटेकोशीमा आएको बाढीमा कोशी प्रदेशका विभिन्न जिल्लामा गरी १३० जना व्यक्ति हराएको विवरण प्राप्त भएको छ । हराएकामध्ये हालसम्म ८ जना सम्पर्कमा आएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । कार्यालय बिहीबार राति ८ बजे जारी गरेको विवरण अनुसार सबैभन्दा बढी सोलुखुम्बुमा ३८ जना हराएका छन् । त्यस्तै सुनसरीमा १७, मोरङमा १४, उदयपुरमा १३, ओखलढुङ्गामा १२, इलाममा ९, झापा र खोटाङमा ८–८, ताप्लेजुङमा ६, संखुवासभामा ३, धनकुटा र भोजपुरमा १–१ जना हराएको छन् । पाँचथर र तेह्रथुम जिल्लामा भने हराएको व्यक्तिको संख्या उल्लेख गरिएको छैन । प्राप्त विवरणअनुसार इलामबाट हराएका ९ जनामध्ये १ जना, सुनसरीका…

Read More

झापा, १२ भदौ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हिमाली र पहाडी भूभागमा साधरणतया बादल लागेको छ भने तराई भूभागमा आंशिक बादल लागेको छ । कोशी, बागमती, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको थोरै स्थानमा तथा मधेस प्रदेशको एक–दुई स्थानमा हल्का देखि मध्यम वर्षा भइरहेको छ । आज दिउँसो देशभर साधरणतया बादल लाग्नेछ । देशको हिमाली भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यमसम्मको वर्षाको सम्भावना छ । देशका पहाडी भूभागका धेरै स्थानमा चट्याङ्गसहित मध्यमसम्म वर्षाको सम्भावना छ…

Read More