
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
शिवसताक्षी, ११ माघ । झापा जिल्लाको शिवसताक्षी नगरपालिकामा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिता अन्तर्गत शनिबार चार खेल सम्पन्न भएका छन्। शिवसताक्षी–११ स्थित दूधे रंगशालामा सम्पन्न खेलहरूमा बाह्रदशी गाउँपालिका, गौरादह नगरपालिका, मेचीनगर नगरपालिका र गौरीगञ्ज गाउँपालिका विजयी भएका छन्। पहिलो खेलमा बाह्रदशी गाउँपालिकाले कमल गाउँपालिकालाई सडन डेथमा ३–२ गोलअन्तरले पराजित गर्दै विजयी सुरुवात गरेको हो। निर्धारित समयसम्म खेल २–२ गोलको बराबरीमा टुंगिएपछि खेल ट्राइबेकरमा धकेलिएको थियो। ट्राइबेकरमा पनि ३–३ गोलको बराबरी भएपछि सडन डेथमा बाह्रदशीले कमललाई पराजित गरेको आयोजक शिवसताक्षी नगरपालिकाले जनाएको छ। उक्त खेलको म्यान अफ द म्याच बाह्रदशीका गोलकिपर गजेन्द्र थपलिया घोषित भए। त्यसैगरी दोस्रो खेलमा…
बिर्तामोड, १० माघ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ किराँतचोकस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ । गत पुस ३० गते साँझ बुट्टाबारीबाट किराँतचोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बिर्तामोड–६ बस्ने १८ वर्षीय समर मुसलिम घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, १० माघ । नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकन डलरको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको छ । अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८१ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७२ रुपैयाँ ३१ पैसा र बिक्रीदर १७३ रुपैयाँ ०२ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९८ रुपैयाँ ५८ पैसा र बिक्रीदर १९९ रुपैयाँ ३९ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८५ रुपैयाँ ६१ पैसा र बिक्रीदर १८६ रुपैयाँ ३७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०० रुपैयाँ ५५…
झापा, १० माघ । मौसम पूर्वानुमान महाशाखाले देशका केही स्थानमा पानी परिरहेको र थप ठाउँमा वर्षाको सम्भावना देखिएको जानकारी दिँदै सतर्कताका लागि चेतावनी जारी गरेको छ। महाशाखाका आज बिहान सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश, गण्डकी प्रदेशलगायत लुम्बिनी प्रदेश बागमती प्रदेशको पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लागेको छ। अनि सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्का वर्षा भइरहेको छ। देशका बाँकी स्थानमा भने मौसम मुख्यतया सफा छ। मौसम महाशाखाका अनुसार दिउँसो देशका उच्च पहाडी तथा हिमाली क्षेत्रमा साधारणतया बादल लाग्नेछ भने देशका बाँकी ठाउँमा आंशिक बादल लाग्नेछ। यस क्रममा दिउँसो सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश,…
बिर्तामोड, ९ माघ । झापाको विर्तामोडमा आयोजित एक कार्यक्रमका सहभागी बक्ताहरुले नेपाली कांग्रेसले झापामा महिलालाई अवसर प्रदान गरेको भन्दै प्रसंशा गरेका छन् । नेपाली कांग्रेसले झापाको क्षेत्र नं–२ र ५ मा प्रत्यक्षतर्फ महिला उम्मेद्वार उठाएको छ । झापा–२ मा पूर्व केन्द्रीय सदस्य एवं पूर्व राज्यमन्त्री सरिता प्रसाई र झापा–५ बाट महासमिति सदस्य मन्धरा चिमरिया पौडेल नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार हुनुहुन्छ । यसैगरी झापा क्षेत्र नं–१ मा केशवराज पाण्डे, ३ मा राजेन्द्र घिमिरे र ४ मा देउकुमार थेवे उम्मेद्वार रहनुभएको छ । झापामा समानुपातिकतर्फ ६ महिलाहरु, सुशिला ढकाल आचार्य, उमा शिवाकोटी, गोमा भटराई, राधा कार्की, रिना उप्रेती र मनु विश्वकर्माले स्थान…
शिवसताक्षी, ९ माघ । झापा जिल्ला स्तरीय कर्मचारी फुटबल प्रतियोगिता आजदेखि सुरु भएको छ। प्रतियोगिताको उद्घाटन खेलमा शिवसताक्षी नगरपालिका विजयी भएको छ। उद्घाटन खेलमा शिवसताक्षी नगरपालिकाले भद्रपुर नगरपालिकालाई २–० गोलअन्तरले पराजित गर्यो। शिवसताक्षीका जर्सी नम्बर १४ का सचिन श्रेष्ठले खेलको २२औँ र २७औँ मिनेटमा गोल गर्दै टोलीलाई जित दिलाए। उत्कृष्ट प्रदर्शनका आधारमा सचिन श्रेष्ठ म्यान अफ दि म्याच घोषित भए। आजै सम्पन्न दोस्रो खेलमा दमक नगरपालिकाले बुद्धशान्ति गाउँपालिकालाई ५–१ गोलअन्तरले हराउँदै विजयी भयो। दमकले खेलको पहिलो हाफको १४औँ र १८औँ मिनेटमा तथा दोस्रो हाफको २औँ, १३औँ र २८औँ मिनेटमा गोल गर्न सफल भयो। बुद्धशान्ति गाउँपालिकाले भने पहिलो हाफको ४औँ मिनेटमा…
झापा, ९ माघ । नेपाली कांग्रेसले आगामी प्रतिनिधि सभाको निर्वाचनमा सभापति गगन थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको छ । शुक्रबार कांग्रेस केन्द्रीय कार्यालय, सानेपामा बसेको बैठकले थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको उपसभापति विश्वप्रकाश शर्माले जानकारी दिए । कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकले उपसभापति शर्माको प्रस्ताव र उपसभापति पुष्पा भुसालको समर्थनमा सभापति थापालाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने निर्णय गरेको हो । विगतमा निर्वाचनपछि संसदीय दलको नेता चयन गर्ने अभ्यास रहेको उल्लेख गर्दै उपभासपति शर्माले यस पटक मतदातालाई सजिलोका लागि प्रधानमन्त्रीको उम्मेदवार घोषणा गर्ने निर्णय गरिएको बताए। यसले मतदातालाई कुन पार्टीलाई मत दिने भन्ने निर्णय गर्न सजिलो हुने उनको भनाइ थियो ।
झापा, ९ माघ । आगामी फागुन २१ गतेको निर्वाचनको लागि झापाका सबै सुरक्षा निकायको कमाण्ड परिवर्तन हुने भएको छ । गृह मन्त्रालयले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाइसकेको छ। लिम्बू फिर्ता भएपछि देशकै ठूलो सुरक्षा चुनौती मानिएको झापाको कमाण्ड खड्काले आजदेखि सम्हालेकी छन् । खड्काले जिम्मेवारी सम्हालेपछि एसपी लिम्बु आजै काठमाडौँ फर्किसकेका छन् ।
झापा, ३० पुस । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४४ रुपैयाँ ०१ पैसा र बिक्रीदर १४४ रुपैयाँ ६१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६८ रुपैयाँ ०३ पैसा र बिक्रीदर १६८ रुपैयाँ ७३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर १९४ रुपैयाँ र बिक्रीदर १९४ रुपैयाँ ८१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८० रुपैयाँ ३८ पैसा र बिक्रीदर १८१ रुपैयाँ १४ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर ९६ रुपैयाँ ४७ पैसा र बिक्रीदर ९६ रुपैयाँ ८७ पैसा, क्यानेडियन डलर एकको खरिददर १०३…
झापा, ३० पुस । जिल्ला प्रशासन कार्यालय झापाले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, भयरहित र शान्तिपूर्ण वातावरणमा सम्पन्न गराउने उद्देश्यले इजाजत प्राप्त हातहतियार माघ मसान्तभित्र बुझाउन सार्वजनिक सूचना जारी गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी तेजप्रकाश प्रसाईँका अनुसार जिल्लाभित्र इजाजत लिएर राखिएका सबै प्रकारका हातहतियार तथा त्यसमा प्रयोग हुने गोलीगठ्ठा आफ्नो पायक पर्ने नजिकको प्रहरी चौकी, इलाका प्रहरी कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा बुझाइसक्नुपर्नेछ । उनले निर्वाचन सम्पन्न भएको २१ दिनपछि सम्बन्धित धनीले कार्यालयमा उपस्थित भई आवश्यक कागजातसहित हातहतियार फिर्ता लिन सक्ने व्यवस्था गरिएको जानकारी दिए । शान्तिपूर्ण र सुरक्षित निर्वाचन राष्ट्रको गौरव भएको…