
झापा, ९ माघ । आगामी फागुन २१ गतेको निर्वाचनको लागि झापाका सबै सुरक्षा निकायको कमाण्ड परिवर्तन हुने भएको छ । गृह मन्त्रालयले झापाका प्रहरी प्रमुख राजन लिम्बूलाई सरुवा गरेर बसुन्धरा खड्कालाई खटाइसकेको छ।
लिम्बू फिर्ता भएपछि देशकै ठूलो सुरक्षा चुनौती मानिएको झापाको कमाण्ड खड्काले आजदेखि सम्हालेकी छन् । खड्काले जिम्मेवारी सम्हालेपछि एसपी लिम्बु आजै काठमाडौँ फर्किसकेका छन् ।
Facebook Comments Box


