
बिर्तामोड, १० माघ । झापा जिल्लाको बिर्तामोड नगरपालिका–६ किराँतचोकस्थित भित्री सडक खण्डमा भएको मोटरसाइकल दुर्घटनामा एक युवकको मृत्यु भएको छ ।
गत पुस ३० गते साँझ बुट्टाबारीबाट किराँतचोकतर्फ जाँदै गरेको मे २ प ६५७८ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई दुर्घटना भएको थियो । दुर्घटनामा बिर्तामोड–६ बस्ने १८ वर्षीय समर मुसलिम घाइते भएका थिए । उनलाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोडमा भर्ना गरिएको थियो । उपचारको क्रममा आज दिउँसो मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
Facebook Comments Box


