
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ५ मंसीर । सर्वोच्च अदालतले व्यवसायी दुर्गा प्रसाईँलाई २४ घण्टाभित्र बन्दीसहित अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश मेघराज पोखरेलको इजलासले बिहीबार मेडिकल व्यवसायी प्रसाईँलाई थुन्नुको आधार र कारणसहित अदालतमा उपस्थित गराउन भनेको छ । “आदेश प्राप्त भएको मितिले बाटाको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउनु”, आदेशमा भनिएको छ, “महान्यायाधिवक्ताको कार्यालयमार्फत लिखित जवाफ पेस गर्नु भनी प्रस्तुत आदेश र रिट निवेदनको प्रतिलिपि साथै राखी प्रत्यर्थीहरुको नाममा सूचना म्याद जारी गरी लिखित जवाफ प्राप्त भएपछि वा अवधि नाघेपछि नियमानुसार गरी पेस गर्नु ।” बुबालाई गैर कानुनी थुनामा राखिएको उल्लेख गर्दै प्रसाईँका छोरा निराजन प्रसाईँले सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको निवेदन…
झापा, ५ मंसीर । अलैंची निर्यातमा ‘अन्डर बिलिङ’को तथ्य सार्वजनिक भएपछि आयकर छली र हुण्डीमार्फत अवैध रकम भित्रिने समस्या उजागर भएको छ। यसबाट करोडौँको आयकर छलीमात्रै नभएर अर्बौं रुपैयाँ अवैध तरिकाले हुण्डीमार्फत नेपाल भित्रिने गरेको देखिन्छ । भन्सार विभागका अनुसार आर्थिक वर्ष २०८१–८२ मा ४ हजार ३ सय टन अलैंची निर्यात भई ७ अर्ब ६८ करोड रुपैयाँ आम्दानी भएको थियो। चालु आर्थिक वर्षको असोजसम्ममा मात्रै १ हजार ७२ टन अलैंची भारततर्फ निर्यात भई १ अर्ब ६७ करोड रुपैयाँ आम्दानी भएको छ। किसानले प्रतिमन ९० हजारदेखि १ लाख ७ हजार रुपैयाँसम्म पाएका भए पनि भन्सारमा आधा मूल्य मात्र देखाइएको छ। व्यापारीले…
झापा, ४ मंसीर । झापाको बिर्तामोड–४ मा मुख्य कार्यालय रहेको शिक्षा बहुउद्देश्यीय सहकारी संस्थाको अध्यक्षमा पुनः सुब्रत न्यौपाने निर्विरोध निर्वाचित हुनुभएको छ । संस्थाको तेह्रौं वार्षिक साधारण सभासँगै भएको अधिवेशनले न्यौपानेको नेतृत्वमा आगामी चार वर्षे कार्यकालका लागि नयाँ सञ्चालक समिति चयन भएको हो । संस्थाको उपाध्यक्षमा हेमराज मिश्र र सचिवमा युवराज निरौला निर्विरोध निर्वाचित भएको निर्वाचत अधिकृत अर्जुन बस्नेतले जानकारी दिनुभयो । त्यस्तै संस्थाको नौ सदस्यीय सञ्चालक समितिको सदस्यमा चिजा राई, अशोक गिरी, तारादेवी गौतम, लक्ष्मीप्रसाद घिमिरे, रोहित काफ्ले र रुपा कोइराला चयन हुनुभएको छ । यस्तै, संस्थाको लेखा सुपरिवेक्षण समितिको संयोजकमा सूर्यकुमार खतिवडा, यामनाथ खरेल र लक्ष्मी देवान निर्विरोध…
झापा, ४ मंसीर । भारतले नेपाललाई थप १० वटा बेली ब्रिज (फलामे पुल) अनुदानमा दिएको छ । भारी वर्षाबाट आएको बाढी पहिरोका कारण क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि भारतले यस वर्ष नेपाललाई अनुदानमा थप १० वटा बेली ब्रिज दिएको हो । भारतले गत वर्ष १० वटा बेली ब्रिज नेपाललाई दिएको थियो । नेपाल सरकारको अनुरोधमा भारत सरकारले बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो । भारतले उपलब्ध गराउने १० वटामध्ये एकवटा बेली ब्रिज बिहीबार नेपाललाई हस्तान्तरण गरिएको छ । बाँकी नौ वटा बेली ब्रिज एक हप्ताभित्र नेपाल आइपुग्ने छन् । नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवले बिहीबार हेटौँडामा…
झापा, ४ मंसीर । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधवारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
झापा, ४ मंसीर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो ।…
झापा, २७ कात्तिक । झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीमा भृकुटी हस्पिटल सञ्चालनमा आउने भएको छ । ‘सरकारी दरमै निजीमा सुविधा’ भन्ने नाराका साथ मंसीर अन्तिम सातादेखि हस्पिटल सञ्चालन गर्न लागिएको सञ्चालक प्रताप कार्कीले जानकारी दिनुभयो । यहाँस्थित आदिवासी रङ्गशाला दक्षिण राजमार्गसँग जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी कार्कीसहित बुद्धिमान थापा र नसिम कार्कीको संयुक्त लगानीमा हस्पिटल सञ्चालन हुन लागेको हो । “अहिले स्वास्थ्य सेवा निकै महँगो भइरहेको छ, सुलभ दरमा सेवा दिने हाम्रो उद्देश्य छ”, उहाँले भन्नुभयो, “पाँच सय शैय्याको अस्पतालको भौतिक संरचना निर्माण भइसकेको छ, प्रारम्भिक चरणमा एक सय शैय्याबाट सेवा शुरु हुनेछ ।” चार वर्षअघिबाट अस्पतालको भौतिक संरचना निर्माण…
झापा, २७ कात्तिक । हरेक वर्ष बर्खासँगै आवागमनमा समस्या भौग्दै आएका हल्दिबारी–३ रणकालीका स्थानीयबासीको समस्या स्थायी रुपमा समाधान भएको छ । हल्दिबारी–३ रणकालीस्थित भुसुडी खोलामा पुल निर्माण भएसँगै यहाँका स्थानीयबासी उक्त समस्याबाट मुक्त भएका हुन् । काठे पुलबाट जेतेन आवातजावत गर्दै आए पनि खोलामा आएको बाढीले पुल बगाएपछि उनीहरु समस्या भोग्दै आएका थिए । तर, अहिले उक्त स्थानमा पक्की पुल बनेपछि आवागमन हुँदै आएको समस्या स्थायी रुपमा समाधान भएको छ । हल्दिबारी गाउँपालिकका अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकाको आफ्नै बजेटबाट भुसुडी खोलामा २६.८ सय मिटर लामो र ५.५ मिटर चौडाको पक्की पुल निर्माण गरिएको बताउनुहुन्छ । यो पुलसँगै भुसुडी खोलाको अर्को…
झापा, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। तर, पाउन्डसहितका मुद्राको मूल्य आज पनि घटेको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा थियो। यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको…
झापा, २७ कात्तिक । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।