jhapaonline add

काठमाडौँ, ३ चैत । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणाली र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले हाल देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ । आज दिउँसो देशभर आंशिकदेखि साधरणतया बदली रहने छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। आज राति देशभर आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहने छ। गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

Read More

द्रोण अधिकारीनेपाली नागरिकको अपेक्षा हवाइ जहाजको गतिमा बढिरहेको छ । राजनीतिक नेतृत्वको कार्यशैली गोरूगाडाको शैलीमा हिँडिरहेको छ । यही अमिल्दो शैलीको अन्तरद्वन्दले नेपाली नागरिकमा निराशा र आक्रोस तीव्र गतिलिएर आइरहेको हो । हरेक पटक राजनीतिक दल निर्वाचनमा विकास र समृद्धिको नारा बेचेर सत्तासिन भइरहे तर, नेपालको विकास जुन गतिमा हुनु पर्ने थियो त्यस गतिमा हुन सकेन । विगतमा राजनीतिक अस्थिरता विकासको बाधक ठानियो । त्यसैकारण नेपाली नागरिकले व्यवस्था परिवर्तनका लागि विभिन्न चरणमा आन्दोलन गर्नु पर्यो । पञ्चायत कालमा सिमित पञ्चे र राजाका भरौटेको गोजीमा विकासका योजना थुनिएका थिए । त्यस बिरूद्ध नागरिक उत्रदा देशमा प्रजातन्त्र पुनस्थापन भयो । प्रजातन्त्रको स्थापनापछि…

Read More

झापा, २ चैत । सरकारले मेचीनगर नगरपालिकाको काँकडभिट्टा खानेपानी आयोजना र बुद्धशान्ति गाउँपालिकाको टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु ३१ करोड ८६ लाख बजेट विनियोजन गरेको छ । झापा क्षेत्र नं १ को सबैभन्दा बढी जनसङ्ख्या भएको दुई वटा वडा मेचीनगर(६ काँकडभिट्टा र बुद्धशान्ति–४ शान्तिनगरमा खानेपानी सुविधा बढाउन बहुवर्षीय ठेक्का प्रक्रियाबाट कार्य सम्पन्न गर्नेगरी अर्थमन्त्रालयबाट स्रोत सुनिश्चित गरिएको उक्त क्षेत्रका सङ्घीय सांसद विश्वप्रकाश शर्माले बताउनुभयो । सांसद शर्माका अनुसार टिमाइ शान्तिनगर एकीकृत खानेपानी आयोजनाका लागि रु १७ करोड ८९ लाख र काँकडभिट्टा खानेपानी आयोजनाका लागि रु १३ करोड ९७ लाख बजेट सुनिश्चित गरिएको हो । चालू आर्थिक वर्ष २०८०र८१…

Read More

सन्तोष शर्माभद्रपुर, २ चैत । झापामा सूर्तीजन्य पदार्थ नियन्त्रण गर्ने प्रतिबद्धता जनाइएको छ । झापाको भद्रपुरमा आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य कर कोषको सचिवालयले आयोजना स्वास्थ्य कार्यालय झापाको संयोजनमा भएको ‘नेपालमा सूर्तीजन्य पदार्थको नियन्त्रण र नियमन सम्बन्धी अन्तरक्रिया’ कार्यक्रमका सहभागीले त्यस्तो प्रतिबद्धता जनाएका हुन् । जिल्ला प्रशासन कार्यालय झापाका सहायक प्रमुख जिल्ला अधिकारी चुडामणि चापागाईंले सूर्तीजन्य पदार्थ सेवन नियन्त्रणमा व्यक्ति स्वयम्को भूमिका महत्वपूर्ण हुने बताउनुभयो । “सूर्तीजन्य पदार्थ सेवन गर्नु हुँदैन भन्ने सबैलाई थाहा छ”, उहाँले भन्नुभयो, “अरुले भन्दा कसैले छोड्ने वाला छैन, त्यसका लागि आफूबाटै संकल्प जरुरी छ ।” नियम–कानून भए पनि कार्यान्वयनमा कठिनाइ भएको उहाँले बताउनुभयो ।…

Read More

धनकुटा, २ चैत । मोटरसाइकलमा यात्रा गर्ने क्रममा सडक छेउको रुख अचानक भाचिएर लाग्दा धनकुटा नगरपालिका–१ की ३० वर्षीया उषा तामाङको मृत्यु भएको छ । बिहीबार प्रदेश १–०२–०४९ प ६०४० नम्बरको मोटरसाइकलमा श्रीमानसँग धनकुटाबाट हिलेतर्फ जाने क्रममा धनकुटा नगरपलिका–४ सल्लेरीमा सडक छेउमा रहेको रुख अचानक भाचिएर मोटरसाइकलको पछाडि सवार रहेकी तामाङलाई लाग्दा घाइते भएकी थिइन । घाइतेलाई उपचारको लागी जिल्ला अस्पताल धनकुटा लगिएकोमा उपचारको क्रममा उनको मृत्यु भएको र घटना सम्बन्दमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय धनकुटाले जनाएको छ ।

Read More

झापा, २ चैत । झापाको झापाको शिवसताक्षी नगरपालिका वडा नं. ८ ले यहाँस्थित अरुणोदय आधारभूत विद्यालयलाई विद्युतीय अटो (ई–रिक्सा) प्रदान गरेको छ । आगामी नयाँ शैक्षिक सत्रमा विद्यार्थी भर्ना दर बढ्ने विश्वासका साथ वडा कार्यालयले विद्यालयलाई ई–रिक्सा प्रदान गरिएको वडाध्यक्ष सन्तकुमार फेउदिनलले जानकारी दिनुभयो । वडाध्यक्ष फेउदेनले विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रमेश सिलवाललाई ई–रिक्सा हस्तान्तरण गर्नुभएको थियो । विद्युतीय रिक्साले टाढा–टाढाबाट आउने विद्यार्थीलाई विद्यालयसम्म आउन–जान सहयोग पुग्ने विद्यालयकी प्रधानाध्यापक तारा लावतीले बताउनुभयो । विद्यालयले विद्युतीय रिक्सा सञ्चालनका लागि सोही विद्यालयका एक विपन्न अभिभावकलाई जिम्मा दिने जनाएको छ । विद्यार्थी ओसारे वापत उनले कुनै पारिश्रमिक विद्यालयबाट नलिने प्रधानाध्यापक लावतीले बताउनुभयो ।…

Read More

झापा, २ चैत । रुसी फौजीमा भर्ना भएका थप ७ नेपाली युवाको मृत्यु भएको छ । परराष्ट्र मन्त्रालयले उक्त कुरा पुष्टि गरेको हो । मन्त्रालयले जारी गरेको विज्ञप्ति अनुसार झापाका गंगाराम अधिकारी, धादिङका पूर्णबहादुर गुरुङ, जाजरकोटका नवीन शाही, उदयपुरका पदमबहादुर घिमिरे, झापाका गंगाराम अधिकारी, बागलुङका जितबहादुर विक, बाँकेका सञ्जय केसी र रसुवाका सुन्दर मोक्तानको मृत्यु भएको हो । रुसी फौजमा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकारले उच्च प्राथमिकताका साथ कुटनीतिक प्रयास जारी राखेको मन्त्रालयको भनाइ छ । साथै ज्यान गुमाएका नेपालीहरूको परिवारलाई क्षतिपूर्ति उपलब्ध गराउन, घाइतेको उपचार गर्न पनि रुस सरकारलाई अनुरोध गरिएको बिज्ञप्तिमा उल्लेख छ ।

Read More

झापा, २ चैत । स्वास्थ्य बीमा बोर्डले करारमा कर्मचारी माग गरेको छ । बोर्डअन्तर्गत जिल्ला कार्यालयका लागि १४३ जना दर्ता अधिकारी पदमा दरखास्त आह्वान गरेको हो । आज एक सूचना जारी गर्दै बोर्डले आउँदो चैत १६ गतेसम्म आवेदन दिन आग्रह गरेको छ ।यस्तो छ सूचना

Read More

इलाम, २ चैत । शिक्षा सेवी एवम् इलामको महेन्द्ररत्न बहुमुखी क्याम्पसका संस्थापक प्रिन्सिपल (प्रमुख) डा.खगेन्द्रनाथ शर्माको निधन भएको छ । आज बिहान ३ बजेतिर काठमाडौँमा उनको ९० वर्षको उमेरमा निधन भएको इलाम समाज काठमाडौँका राधेश्याम लेकालीले जानकारी दिए । इलामको सूर्योदय नगरपालिका–११, माघेका खगेन्द्रनाथ २०१७ सालमा २६ वर्षको उमेरमा महेन्द्ररत्न बहुमुखी क्याम्पसको संस्थापक प्रिन्सिपल बनेका थिए । स्थापनाका बेला उनले क्याम्पसलाई आफ्नो ४७ रोपनी जग्गा दान गरेका थिए । भारतको सागर विश्वविद्यालयबाट स्नातकोत्तर गरेका उनले भारतबाटै विद्यावारिधि गरेका थिए । शर्माका परिवारमा दुई छोरा र एक छोरी छन् । पत्नीको यसअघि नै निधन भइसकेको छ । उनको आजै काठमाडौँको पशुपति…

Read More

झापा, २ चैत । पूर्वी नेपालको यातायात प्रस्थानविन्दु काँकडभिट्टालगायत झापाका विभिन्न स्थानबाट काठमाडौँ यात्रु बोक्ने रात्रि बसका सञ्चालकले बिहीबारदेखि ‘संयुक्त बुकिङ काउन्टर’ राखेर एकद्वार प्रणाली सुरु गरेका छन् । एक दशकअघि सरकारले ‘सिन्डिकेट प्रथा’ खारेजी गरेसँगै यातायात कम्पनीको अलगअलग बुकिङ काउन्टर सञ्चालन हुँदै आएको थियो । कम्पनीपिच्छे बुकिङ काउन्टर हुँदा यात्रु तानातान र व्यवसायीबीच अस्वस्थ प्रतिस्पर्धा बढेको थियो । यस्तो अवस्थालाई अन्त्य गर्न यातायात व्यवसायीले लगानी सुरक्षा र यात्रु व्यवस्थापनमा सहजता ल्याउन आपसी सहमतिमा एकद्वार प्रणाली सुरु गरेको पूर्वमेची बस व्यवसायी प्रालिका अध्यक्ष राजेन्द्र रिजालले जानकारी दिए । उनका अनुसार झापाका मुख्य चार यातायात कम्पनीले गठन गरेको मेची संयुक्त यातायात…

Read More