jhapaonline add

बिर्तामोड, १४ माघ । बिर्तामोड नगरपालिकाको वडा नम्बर २ लाई दुई वटा वडा बनाउने प्रस्ताव गरिएको छ। नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशनको समापन कार्यक्रमअन्तर्गत आयोजित खुला सत्रमा बोल्दै वडा नम्बर २ का वडाअध्यक्ष किशोर पौडेलले वडा विभाजनको माग गर्दै विशेष प्रस्ताव प्रस्तुत गर्नुभएको हो। वडाअध्यक्ष पौडेलले साविक चारपाने गाविसका वडा नम्बर २, ३, ४, ५, ६, ७, ८ र ९ हाल वडा नम्बर २ अन्तर्गत रहेकाले क्षेत्रफल, पूर्वाधार र जनसंख्याको दृष्टिले व्यवस्थापन गर्न कठिन भएको बताउनुभयो। सोही आधारमा नयाँ वडा गठनको प्रस्ताव अघि सारिएको उहाँले स्पष्ट पार्नुभयो। उहाँले साविक वडा नम्बर २, ३, ४ र ५ लाई वडा नम्बर २…

Read More

बिर्तामोड, १४ माघ । नेपाली कांग्रेसका तर्फबाट झापा क्षेत्र नं–२ का प्रत्यक्षतर्फका उम्मेद्वार सरिता प्रसाईंले राष्ट्रियता, लोकतन्त्र र समाजवाद जोगाउन कांग्रेसले मियोको रुपमा उभिनुपर्ने आवश्यकता औंल्याउँदै संसदमा बहुमतप्राप्त दल बनाउने कार्यमा भूमिका खेल्न कार्यकर्ता र आम मतदातामा अपिल गर्नुभएको छ । नेपाली कांग्रेस अर्जुनधारा नगरपालिका ६ नम्बर वडा समितिको आयोजनामा जिल्ला पार्टी कार्यालयमा सम्पन्न क्रियाशिल कार्यकर्ता भेटघाटलाई संबोधन गर्दै नेता प्रसाईले यस्तो धाराणा राख्नुभएको हो । नेपालमा अन्तर्राष्ट्रिय हस्तक्षेप बढेकोतर्फ संकेत गर्दै उहाँले देश अफ्ठ्यारोमा परेको बेला कांग्रेसले नेतृत्व लिएर बचाएको विगतको इतिहास प्रस्तुत गर्दै उहाँले अब पनि कांग्रेसले नेतृत्व लिएर मध्यमार्गी बाटोबाट समाधान खोज्नुपर्ने बताउनुभयो । यसका लागि आगामी…

Read More

झापा, १४ माघ । बिर्तामोड नगरपालिकाको दोस्रो नगरसभाको आठौँ अधिवेशन सम्पन्न भएको छ । आर्थिक वर्ष २०८२/०८३ का लागि स्वीकृत योजना तथा कार्यक्रमको संशोधन तथा रकमान्तर प्रस्ताव पारित गर्दै अधिवेशन सम्पन्न भएको हो । गत पुस ३० गते सुरु भएको उक्त अधिवेशनले विभिन्न प्रस्तावहरू पारित गर्दै आज समापन भएको छ । अधिवेशनमा सम्बोधन गर्दै नगर प्रमुख पवित्रा महतारा प्रसाईले सरकारका नियम, परिधि र कानुनभित्र रहेर जनप्रतिनिधिले आफ्नो जिम्मेवारी पूरा गरिरहेको बताउनुभयो । उहाँले जनताको जीवनस्तर उकास्न सकारात्मक सोचका साथ अघि बढ्न सबै जनप्रतिनिधिलाई आग्रह गर्दै निष्पक्ष रूपमा बजेट विनियोजन गरी काम भइरहेको स्पष्ट पार्नुभयो । त्यसैगरी, नगर उपप्रमुख नगेन्द्र प्रसाद…

Read More

झापा, १४ माघ । झापाको मेचीनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा गत माघ ११ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । काकँरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–७ का ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन् । कल्पनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी…

Read More

झापा, १४ माघ । विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।

Read More

झापा, १४ माघ । बाराको परवानीपुरमा अज्ञात व्यक्तिको आक्रमणबाट दुई जनाको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मंगलबार राति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घाइते उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। राति १२ बजेपछि घटना भएको जानकारी आएपछि प्रहरी टोली…

Read More

झापा, १४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन…

Read More

झापा, १४ माघ । देशभर माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म २० वटा घटना भएका छन् । विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामध्ये सबैभन्दा धेरै १६ वटा आगलागीका घटना भएका छन् भने चार वटा जनावर आक्रमणका घटना भए । विपदका कारण २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ । प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी,…

Read More

झापा, १४ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ…

Read More

झापा, १३ माघ । शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा दमक नगरपालिका र कनकाई नगरपालिका आमनेसामने हुने भएका छन्। मंगलबार सम्पन्न दुई सेमीफाइनल खेलबाट दमक र कनकाई फाइनलमा प्रवेश गर्दै उपाधिका लागि भिड्ने भएका हुन्। पहिलो सेमीफाइनल खेलमा दमक नगरपालिकाले बाह्रदशी गाउँपालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै सहज जितसहित फाइनल यात्रा तय गरेको छ। दमकका लागि जर्सी नम्बर ८ का दिपेन्द्र घिमिरेले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। त्यस्तै जर्सी नम्बर ११ का सुजन राई र जर्सी नम्बर १३ का रोशन तामाङले समान एक–एक गोल थपे। निर्धारित समयमा बाह्रदशीले केही अवसर सिर्जना गरे पनि गोलमा…

Read More