jhapaonline add

झापा, १७ माघ । नेपाल राष्ट्र बैङ्कले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ८८ पैसा र बिक्रीदर १४७ रुपैयाँ ४८ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ १२ पैसा र बिक्रीदर १७५ रुपैयाँ ८३ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ९४ पैसा र बिक्रीदर २०२ रुपैयाँ ७६ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १९१ रुपैयाँ ०९ पैसा र बिक्रीदर १९१ रुपैयाँ ८७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०२ रुपैयाँ ७९ पैसा र बिक्रीदर १०३ रुपैयाँ २१ पैसा, क्यानेडियन डलर…

Read More

झापा, १७ माघ । झापाको मेचीनगर नगरपालिका–६ स्थित मेची पुलमा गएराति मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा मेचीनगर–६ का ४० वर्षीय चेतन कटुवालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो । भारततर्फबाट नेपालतर्फ आउँदै गरेको प्र.१–०१–०१२ प ३८४९ नम्बरको मोटरसाइकल सडकमा राखिएको ‘ब्यारीकेट’मा ठोक्किँदा मोटरसाइकल चालक ३५ वर्षीय काशिनाथ पौडेल र कटुवाल घाइते भएका छन् । दुर्घटनामा परी गम्भीर घाइते भएका कटुवाललाई धुलाबारीस्थित आम्दा अस्पतालमा उपचारका लागि लगिएकोमा राति १०ः५५ बजे चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते पौडेललाई थप उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल…

Read More

झापा, १७ माघ । झापाको दमक नगरपालिका–१ सूर्यदय टोलमा शुक्रबार दिउँसो आगलागी हुँदा दुई घर पूर्णरूपमा जलेर नष्ट भएका छन् । विद्युत् सर्टका कारण ५७ वर्षीय हर्कबहादुर कुमालको काठ र टिनले बनेको एकतले घरमा आगो लाग्दा नजिकै रहेको उनका भाई ५० वर्षीय हरिबहादुर कुमालको घरमा समेत आगो सल्किएको थियो । आगलागीबाट हर्कबहादुरको घरभित्र रहेको आधा तोला सुन, खाद्यान्न, लत्ताकपडा तथा फर्निचर जलेर करिब ४ लाख रुपैयाँ बराबरको क्षति भएको छ भने उनका भाई हरिबहादुरको घरमा रहेको खाद्यान्न, लत्ताकपडा तथा फर्निचर जलेर करिब ३ लाख रुपैयाँ बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दमक नगरपालिका, कमल गाउँपालिका र…

Read More

बिर्तामोड, १६ माघ । झापा बिर्तामोड–५ स्थित न्यूटन्स एजुकेशन एकेडेमीले पत्रकार सन्तोष न्यौपानेसहित नौ जनालाई सम्मान गरेको छ । न्यूटन्स एजुकेशन फाउण्डेशनको २३ औं बार्षिकोत्सवका अवसरमा आज पत्रकार, शिक्षासेवी, विद्यार्थी, अभिभावक, शिक्षक लगायतलाई सम्मान गरिएको हो । सम्मानीत हुनेहरुमा पत्रकार सन्तोष न्यौपाने, न्यूटन्स एजुकेशन एकेडेमी प्रिन्सिपल देवेन्द्र हुमागाईं, उत्कृष्ट शिक्षक केवल सापकोटा, नोयल परेरा, उत्कृष्ट अभिभावक मदनगोपाल सुब्वा, मेनुका ओली लोहनीलाई सम्मान गरिएको थियो । त्यस्तै शिक्षासेवीका रुपमा गौतम शर्मा शिवाकोटीलाई अभिनन्दन गरिएको थियो । उत्कृष्ट अंक ल्याउने सावित्रा न्यौपाने, श्रीयसी कार्की, संस्कार भट्टराईलाई समेत नगदसहित सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि गुरुङ, बिद्यालयका सञ्चालक आशिष प्रसाई, बिद्यालय ब्यवस्थापन…

Read More

झापा, १६ माघ । बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष राजु न्यौपानेले व्यवसायी सदस्य राहत कोषमा आर्थिक सहयोग प्रदान गरेका छन् । उद्योगी–व्यवसायी सदस्यलाई आपतकालीन अवस्थामा सहयोग पु¥याउने उद्देश्यले स्थापना गरिएको कोषमा उनले आफ्नो जन्मदिनको अवसर पारेर ५१ हजार रुपैयाँ सहयोग गरेका हुन् । संघले उद्योगी–व्यवसायीलाई विभिन्न प्रकारका जोखिम र संकटबाट जोगाउन तथा आपतकालीन अवस्थामा तत्काल राहत उपलब्ध गराउने उद्देश्यले व्यवसायी सदस्य राहत कोष स्थापना गरेको छ । सो कोषमा अध्यक्ष न्यौपानेले आफू अध्यक्षमा निर्वाचित भएपछि व्यवसायीको हकहित संरक्षण गर्दै आपत–विपतमा परेका सदस्यलाई तत्काल सहयोग पुगोस् भन्ने उद्देश्यले कोष स्थापना गरिएको र सोही अभियानलाई सुदृढ बनाउन आफूले व्यक्तिगत रूपमा योगदान गरेको…

Read More

सन्तोष शर्माझापा, १६ माघ । झापाको भद्रपुरमा जारी ‘झापा औद्योगिक व्यापार कृषि तथा पर्यटन महोत्सव–२०८२’ स्थगित गरिएको छ । झापा उद्योग वाणिज्य संघको आयोजनामा माघ ७ गतेदेखि सञ्चालित महोत्सव ६ दिन अगाडि नै स्थगित भएको हो । झापा उद्योग वाणिज्य संघले संघको आज कार्यालयमा विशेष पत्रकार सम्मेलनको आयोजना गरेर महोत्सव स्थगित गरिएको जनाएको छ । संघका कार्यवाहक अध्यक्ष एवम् महोत्सव आयोजक मूल समितिका संयोजक राजकुमार राईले ‘प्रहरीको ज्यादती’का कारण समय अगावै महोत्सव स्थगित गर्नुपरेको बताउनुभयो । जिल्ला प्रशासन कार्यालयसँग अनुमति लिएर महोत्सव सञ्चालन गरिए पनि प्रहरी–प्रशासनकै कारण महोत्सव स्थगित गर्नुपर्ने उहाँको भनाइ छ । ‘स्वीकृतिपत्रमा समयको कुनै सीमा नतोकेको जिल्ला…

Read More

भोजपुर, १६ माघ । भोजपुरको हतुवागढी गाउँपालिका–९ मचुवाबाट ५०० किलो गाँजासहित आमचोक गाउँपालिका–९ का २९ वर्षीय रूद्रबहादुर श्रेष्ठका साथ अन्य नौ जना पक्राउ परेका छन् । केन्द्रीय प्रहरी समाचारकक्षका अनुसार उनीहरू बिहीबार पक्राउ परेका हुन् । शङ्कास्पद गतिविधिमा संलग्न उनीहरू एउटा ट्र्याक्टरमा आफ्नो गन्तव्यतर्फ गइरहेका थिए । प्रहरीले ना ७ त ३५० नम्बरको ट्र्याक्टरमा जाँच गर्दा ४३ वटा बोरामा रहेको उक्त परिमाणको गाँजा फेला पारेको हो । सबै अभियुक्तलाई हिरासतमा लिएर अनुसन्धान थालिएको छ । ट्र्याक्टर पनि प्रहरी नियन्त्रणमा छ ।

Read More

झापा, १६ माघ । विभिन्न कार्यक्रमको आयोजना गरी आज देशभर सहिद दिवस मनाइँदैछ । देश र जनताको हितका लागि आफ्नो जीवन बलिदान गर्ने सहिदको स्मरण गर्दै यो दिवस मनाउने गरिएको छ । नेपालमा प्रजातन्त्र स्थापनार्थ आफ्नो जीवन त्याग गर्ने चार सहिद धर्मभक्त माथेमा, दशरथचन्द्र ठाकुर, गङ्गालाल श्रेष्ठ र शुक्रराज शास्त्री तथा अन्य सहिदको सम्झनामा यो दिवस मनाउने गरिन्छ । राणा शासनविरुद्ध आवाज उठाएको भन्दै उहाँहरुलाई तत्कालीन सरकारले मृत्युदण्ड दिएको थियो । तिनै सहिदहरुको बलिदान र त्यसबाट प्राप्त प्रेरणाले जहानियाँ राणा शासनको अन्त्य भएको थियो भने नेपालमा प्रजातन्त्रको स्थापना भएको थियो । प्रत्येक वर्ष माघ १६ गते मनाइने सहिद दिवस प्रजातन्त्र…

Read More

झापा, १६ माघ । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । कोशी र मधेस प्रदेशका केही स्थानमा हुस्सु लागेको छ भने कोशी प्रदेशलगायत देशका पहाडी तथा हिमाली भू–भागमा आंशिक बादल लागेको छ । महाशाखाका अनुसार आज अपराह्न कोशी र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ भने तराई भेगमा हुस्सु लाग्ने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भागमा आंशिक बादल लाग्नेछ भने बाँकी भू–भागमा मुख्यतया मौसम सफा रहने छ । कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली…

Read More

बिर्तामोड, १६ माघ । नव सञ्चार गृह प्रालिद्वारा बिर्तामोडबाट प्रकाशन हुँदै आएको प्रतिदिन दैनिक आजदेखि १७ वर्ष पूरा गरी १८ औं वर्षमा प्रवेश गरेको छ । आम पाठकलाई सुसूचित गर्ने उद्देश्यले स्थापित यस दैनिक आफ्नो उद्देश्यमा सफल भएको जनाइएको छ । पत्रिका आफ्नो उद्देश्यप्रति अडिग रहेको जनाइएको छ । पत्रिकाले आफ्नो असहज परिस्थितिका बाबजुद आफ्नो प्रकाशनलाई निरन्तरता दिँदै पत्रिकाको अनलाइन संस्करण प्रतिदिनडेली डटकम अनलाइन र प्रतिदिन टीभी युट्युव समेत सञ्चालन गर्दै आएको छ । स्थानीय समाचारलाई मुख्य प्राथमिकता दिएकै कारण प्रतिदिन दैनिक र यसको अनलाइन लोकप्रिय रहेको सम्पादक इन्द्रसिंह राजवंशी बताउँछन् । स्थानीय विषयवस्तुलाई प्रतिदिन दैनिकले राष्ट्रिय महत्वको बनाउने गरेको…

Read More