
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, २७ मंसिर । मुलुकमा बेरोजगारी बढिरहेको अवस्थामा सरकारले रोजगारी सिर्जना गर्न करिब ६ अर्ब रूपैयाँ खर्चिने भएको छ। सामुदायिक पूर्वाधार निर्माण र मर्मतसम्भारमा करिब ६० हजार बेरोजगारलाई रोजगारी दिन लागेको हो। विगतमा सरकारले सञ्चालन गरेको प्रधानमन्त्री रोजगार कार्यक्रम विवादमा आइरहेको अवस्थामा सरकारले स्थानीय तहमार्फत बेरोजगारलाई विकास निर्माणका काममा लगाउन लागेको हो। स्थानीय तहमा विकास निर्माणका योजनामा रोजगारी सृजना गर्न लागिएको प्रधानमन्त्री रोजगार कार्यक्रमका उपसचिव शोभा पोखरेलले बताइन्। सरकारले करिब ८६ हजारलाई रोजगारी सृजना गर्ने लक्ष्य राखेको भए पनि ६० हजारलाई मात्र रोजगारी दिने उनले बताइन्। ‘बेरोजगारलाई ज्यालाबापत न्यूनतम पारिश्रमिक दिन्छौं,’ पोखरेलले भनिन्, ‘प्रतिदिन ६ सय ६८ रूपैयाँ दिनको ज्याला…
बुद्धशान्ति, २६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकाको खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको छ । भद्रपुर झापा गोल्ड कपद्वारा आयोजित प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता (झापा लिग) मा सहभागी भई उपविजेता बनेका खेलाडीलाई समितिले आज सम्मान गरेको हो । बुद्धशान्ति गाउँपालिकाको सभाहलमा समितिका अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष भवानी खतिवडाको विशेष आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलको आतिथ्यमा भएको कार्यक्रममा खेलाडी, टिम कोच, टिम मेनेजर लगायत जनप्रतिनिधिलाई खेलकुद समिति बुद्धशान्तिले सम्मानपत्र, खदा र नगदसहित सम्मान गरेको छ । कार्यक्रममा शिक्षा शाखाका प्रमुख कमल निरौलाले सञ्चालन गरेका थिए भने…
झापा, २६ मंसिर । जाजरकोट र रुकुम पश्चिमका भूकम्प पीडितका लागि सेभ द चिल्ड्रेनले ८ सय थान विन्टर टेन्ट उपलब्ध गराउने भएको छ । आज काठमाडौँमा आयोजित एक कार्यक्रममा नेपालका लागि ईयूका राजदूत भेरोनिक लोरेन्जोले सो टेन्ट भूकम्प पीडितका लागि वितरण गर्न सेभ द चिल्ड्रेनलाई हस्तान्तरण गरेकी हुन् । सेभ द चिल्ड्रेनका राष्ट्रिय निर्देशक हेदर क्याम्पबेलले भूकम्पको मारमा परेका बालबालिका, सुत्केरी, गर्भवती महिला, ज्येष्ठ नागरिक र अपाङ्गता भएकाहरूको जीवन सुरक्षाका लागि अस्थायी आवासस्वरुप सो टेन्ट वितरण गर्न लागेको पनि बताइन्। सो टेन्ट राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणसँगको समन्वयमा प्रभावित क्षेत्रमा पुर्याइने र स्थानीय तहको रोहवरमा वितरण गर्ने व्यवस्था…
झापा, २६ मंसिर । नेपाल पत्रकार महासंघ झापा र प्रेस सेन्टर नेपाल झापाको समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको छ । महासंघ र प्रेस सेन्टरले आज अलग–अलग विज्ञप्ती जारी गरि झापाका सञ्चारकर्मी तथा बिर्तामोड झापा डटकमका सञ्चालक टिकाराम बाँस्तोलालाई समाचारको विषयलाई लिएर बारम्बार ज्यान मार्नेसम्मको धम्की दिएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएका छन् । पीडितका अनुसार ‘अफ्रिका पठाइदिने भन्दै लाखौँ ठगी गर्ने बिर्तामोडका गिरी पक्राउ’ शीर्षकमा प्रकाशित समाचारको बिषयलाई लिएर पक्राउ परेका अन्जेश गिरीका बुवा बिर्तामोड–४ निवासी गणेश गिरी र परिवारका अन्य सदस्यले अलग–अलग नम्बरबाट सञ्चारकर्मी बाँस्तोलालाई पटक–पटक फोन गरेर अस्लील गालीगलौजसहित ज्यानमार्ने धम्कीसम्म दिएका छन्…
झापा, २६ मंसिर । नेपाल प्रहरी श्रीमती संघ कोशी प्रदेशले आज मोरङको विराटनगर महानगरपालिका–१२ दरैयास्थित सम्पन्न बस्तीमा अवस्थित ६० घरधुरीमा बसोबास गर्दै आएका बिपन्न वर्गहरुलाई लत्ता कपडा तथा स्टेनशरी सामान वितरण गरेको छ । प्रत्येक घरका एक सदस्यलाई जाडो मौसममा लगाउने न्यानो कपडा लगायत बालबालिकाहरुलाई कपडा सेट, स्टेशनसरी सामान वितरण गरिएको हो । उक्त कार्यक्रम नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष अजिता देवकोटा बास्तोलाज्यु लगायत संघका पदाधिकारीहरु वडा प्रहरी कार्यालयकका प्रहरी निरिक्षक रन्जन बराल तथा प्रहरी कर्मचारीको उपस्थित रहेको थियो ।
झापा, २६ मंसिर । झापाको कमल गाँउपालिकास्थित प्रादेशिक आयुर्वेद अस्पताल लखनपुरले पाइल्स, फिस्टुला, फिसर जस्ता मलद्धारमा हुने रोगको जाँच तथा उपचार शुरु गरेको छ । सोमबार र मंगलवार बृहत आयुर्वेद स्वास्थ्य शिविर सहित यो सेवा शुरु गरेको हो । कोशी प्रदेशका प्रमुख सचिव डा. दिपक काफ्ले सोमबार उद्घाटन गरेको आर्युवेद स्वास्थ्य शिविरमा ५ सयजना भन्दा बढि विरामीले निशुल्क जाँच तथा उपचार पाएको जनाईएको छ । क्षारसूत्र विधिबाट पायल्सका विरामीको उपचार पनि शुरु गरिएको अस्पतालका निमित्त निर्देशक डा. सिद्धार्थ ठाकुरले बताएका छन् । शिविरमा आएका विरामीहरुको निशुल्क रुपमा सबै प्रकारका जाँच, उपचार र औषधि बितरण गरिएको छ । डा. ठाकुरको नेतृत्वमा…
झापा, २६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकाबाट प्रहरीले लागुऔषध ब्राउनसुगरसहित एक जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बुधबारेबाट खटिएको प्रहरी टोलीले बुद्धशान्ति गाउँपालिका–३ स्थितमा मे.९ प ५०९२ नम्बरको मोटरसाइकललाई रोकी चेकजाँच गर्दा मोटरसाइकल चालक मेचीनगर–१३ की ३८ वर्षीया पवित्र राजवंशीको साथबाट १ ग्राम ब्राउन सुगर बरामद गरेको हो । लागु औषधसहित पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहेको छ ।
झापा, २६ मंसिर । पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख आज बिहान पशुपति क्षेत्रमा सर्वसाधारणका लागि प्रदर्शन गरिने भएको छ । प्रत्येक वर्ष मार्गशीर्ष कृष्ण त्रयोदशीका दिन वर्षभर सुरक्षित राखिएको छ भनेर बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सर्वसाधारणलाई देखाउने गरिन्छ । यसैगरी मार्गशीर्ष कृष्ण औँसीका दिन भने अब एक वर्षका लागि सुरक्षितसाथ राखिन्छ भनी देखाउने परम्परा रहेको पशुपति क्षेत्र विकास कोषका प्रवक्ता रेवतीरमण अधिकारीले जानकारी दिनुभयो । यस वर्ष त्रयोदशीका दिन आइतबार सर्वसाधारणका लागि पशुपतिनाथको भण्डारमा रहेको बहुमूल्य नागमणि, एक मुखे रुद्राक्ष र दाहिने शङ्ख सुरक्षित छ भनी प्रदर्शन गरिएको थियो ।…
झापा, २६ मंसिर । अन्नको भण्डार मानिने पूर्वी तराईको झापा, मोरङ र सुनसरीमा यो साल धान उत्पादन बढेको छ । मौसम अनुकूल रहनु, पर्याप्त वर्षा हुनु, समयमा रासायनिक मलको उपलब्धता, उन्नत जातको बीउको प्रयोग र रोग कीराको प्रकोप कम भएका कारण धान उत्पादन वृद्धि भएको कोशी प्रदेश सरकारले जनाएको छ । कोशी प्रदेशमा यसपटक रु १३ लाख ८२ हजार एक सय ३७ मेट्रिकटन उत्पादन भएको कोशी प्रदेश उद्योग, कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेको कृषि विकास निर्देशनालयले जनाएको छ । गतवर्ष यस प्रदेशमा १२ लाख ९८ हजार आठ ५५ मेट्रिकटन धान उत्पादन भएको थियो । गतवर्ष भन्दा यस वर्ष ८३ हजार…
झापा, २६ मंसिर । सुगम स्थानीय तहमा सेवा गर्न रहर गर्ने कर्मचारी दुर्गम र मधेशका स्थानीय तहमा भने कर गर्दा पनि सेवा गर्न मान्दैनन् । सुगम स्थानीय तहमा सरुवा हुन उच्च पदस्थ कर्मचारी र नेतालाई भनसुन गर्ने कर्मचारी दुर्गम र मधेशका सुगम स्थानीय तहमा समेत सेवा गर्न नमान्ने कर्मचारीको प्रवृत्तिले सङ्घीयता कार्यान्वयनमा समस्या सिर्जना हुन थालेको छ । सङ्घीयता कार्यान्वयन भएको सात वर्ष बितिसक्दा पनि दुर्गम र मधेश प्रदेशका स्थानीय तहमा सङ्घीय सरकारले पठाउने प्रमुख प्रशासकीय अधिकृतको सधैँजसो अभाव रहँदै आएको छ । प्रमुख प्रशासकीय अधिकृत अभावमा उक्त पालिकामा नियमित सेवा प्रवाह नै प्रभावित भएको सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।…