
बुद्धशान्ति, २६ मंसिर । झापाको बुद्धशान्ति गाउँपालिकाको खेलकुद विकास समितिले खेलाडीलाई सम्मान गरेको छ ।
भद्रपुर झापा गोल्ड कपद्वारा आयोजित प्रथम अन्तरपालिका जिल्ला स्तरीय लिग तथा नकआउट फुटबल प्रतियोगिता (झापा लिग) मा सहभागी भई उपविजेता बनेका खेलाडीलाई समितिले आज सम्मान गरेको हो । बुद्धशान्ति गाउँपालिकाको सभाहलमा समितिका अध्यक्ष पर्शुराम चेम्जोङको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष मनोज प्रसाईंको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष भवानी खतिवडाको विशेष आतिथ्य, प्रमुख प्रशासकीय अधिकृत बिनोद पोखरेलको आतिथ्यमा भएको कार्यक्रममा खेलाडी, टिम कोच, टिम मेनेजर लगायत जनप्रतिनिधिलाई खेलकुद समिति बुद्धशान्तिले सम्मानपत्र, खदा र नगदसहित सम्मान गरेको छ ।
कार्यक्रममा शिक्षा शाखाका प्रमुख कमल निरौलाले सञ्चालन गरेका थिए भने स्वागत वडा नम्बर ४ का वडाध्यक्ष शेरबहादुर रायले गरेका थिए । कार्यक्रममा सात वटै वडाका वडा अध्यक्ष, कार्यपालीका सदस्य, खेलाडी, स्थानीय , कर्मचारी, संचारकर्मी लगायतको आतिथ्यता रहेको थियो ।


