jhapaonline add

झापा, १४ माघ । झापाको मेचीनगर नगरपालिका–७ नमुना टोलस्थित भित्री सडकखण्डमा गत माघ ११ गते भएको मोटरसाइकल दुर्घटनामा घाइते एक महिलाको मृत्यु भएको छ । काकँरभिट्टाबाट भद्रपुरतर्फ जाँदै गरेको मे ९ प ६३९४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको प्र १–०१–०१७ प ४२६५ नम्बरको मोटरसाइकल एक आपसमा ठोक्किँदा दुर्घटना भएको थियो । दुर्घटनामा ६३९४ नम्बरको मोटरसाइकल चालक झापा बिर्तामोड नगरपालिका–७ का ६४ वर्षीय भोजराज भण्डारी सामान्य घाइते भएका थिए भने मोटरसाइकल पछाडि सवार उनकी श्रीमती ५४ वर्षीया कल्पना भण्डारी गम्भीर घाइते भएकी थिइन् । कल्पनालाई उपचारका लागि बीएण्डसी अस्पताल बिर्तामोड लगिएकोमा आज बिहान उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी…

Read More

झापा, १४ माघ । विभिन्न कार्यक्रमको आयोजना गरी आज सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस मनाइँदैछ । सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागका अनुसार आज अर्थमन्त्री रामेश्वर खनालको उपस्थितिमा राष्ट्रिय दिवस मनाउन लागिएको हो । विभागका महानिर्देशक गजेन्द्र ठाकुरका अनुसार सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण ऐन, २०६४ जारी भएको दिनको स्मरणमा यो दिवस मनाउन लागिएको हो । मन्त्रिपरिषद्ले माघ १४ गतेका दिनलाई हरेक वर्ष सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवसको रुपमा मनाउने निर्णय २०८१ पुस १६ गते गरेको थियो । सोही निर्णयका आधारमा यस वर्ष पनि उक्त दिवस मनाउन लागिएको विभागले जनाएको छ ।

Read More

झापा, १४ माघ । बाराको परवानीपुरमा अज्ञात व्यक्तिको आक्रमणबाट दुई जनाको हत्या भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् । बाराको परवानीपुर गाउँपालिका–१ रहरीया टोलमा मंगलबार राति अज्ञात व्यक्तिको आक्रमणबाट ४६ वर्षीया सुमित्रा देवी र उनका छोरा ३० वर्षीय रामेश्वर मण्डलको हत्या भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । उक्त आक्रमणमा परेर मृतक महिलाका पति ५० वर्षीय जगरुप र बुहारी २८ वर्षीय मनिता देवी गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बारा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिनुभयो । घाइते उनीहरूको वीरगन्जस्थित एलएस न्यूरो अस्पतालमा उपचार भइरहेको छ। राति १२ बजेपछि घटना भएको जानकारी आएपछि प्रहरी टोली…

Read More

झापा, १४ माघ । नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारण गरिएको विनिमयदर अनुसार अमेरिकी डलर एकको खरिददर १४६ रुपैयाँ ४६ पैसा र बिक्रीदर १४७ रुपैयाँ ०६ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७४ रुपैयाँ १३ पैसा र बिक्रीदर १७४ रुपैयाँ ८५ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०० रुपैयाँ ७६ पैसा र बिक्रीदर २०१ रुपैयाँ ५८ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८८ रुपैयाँ ९९ पैसा र बिक्रीदर १८९ रुपैयाँ ७७ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०१ रुपैयाँ ५० पैसा र बिक्रीदर १०१ रुपैयाँ ९२ पैसा, क्यानेडियन…

Read More

झापा, १४ माघ । देशभर माघ १२ गते बिहानदेखि मङ्गलबार बिहानसम्म २० वटा घटना भएका छन् । विपद्मा परेर दुई जनाको ज्यान गयो भने पाँच जना घाइते भएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ । ती घटनामध्ये सबैभन्दा धेरै १६ वटा आगलागीका घटना भएका छन् भने चार वटा जनावर आक्रमणका घटना भए । विपदका कारण २५ लाख ६४ हजार बराबरको क्षति भएको प्राधिकरणले जनाएको छ । सिरहामा तीन, मोरङ, बारा र रौतहटमा दुई, सुनसरी, भोजपुर, सर्लाही, मकवानपुर, लमजुङ, प्यूठान, बझाङमा आगलागीका घटना घटे । अधिकांश आगलागीका घटना असावधानीका कारण भएको पाइएको छ । प्राधिकरणका अनुसार, सुनसरी, सप्तरी,…

Read More

झापा, १४ माघ । हाल देशमा पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो देशका उच्च पहाडी तथा हिमाली भागमा पूर्णतया बादल लाग्ने र बाँकी भेगका पहाडी तथा तराईमा बादल लाग्नेछ । साथै देशका उच्च पहाडी तथा हिमाली भागका केही स्थानमा मध्यम हिमपात र वर्षाको सम्भावना छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानमा मध्यम वर्षा तथा बागमती, मधेस र कोशी प्रदेशका पहाडी भागका केही स्थान र कोशी प्रदेशको तराईका एकदुई स्थानमा हल्का वर्षाको सम्भावना छ । त्यसैगरी, आज राति देशका पहाडी र हिमाली भागमा आंशिक बादल लाग्नेछ…

Read More

झापा, १३ माघ । शिवसताक्षीमा जारी झापा जिल्ला स्तरीय अन्तरपालिका कर्मचारी फुटबल प्रतियोगिताको फाइनलमा दमक नगरपालिका र कनकाई नगरपालिका आमनेसामने हुने भएका छन्। मंगलबार सम्पन्न दुई सेमीफाइनल खेलबाट दमक र कनकाई फाइनलमा प्रवेश गर्दै उपाधिका लागि भिड्ने भएका हुन्। पहिलो सेमीफाइनल खेलमा दमक नगरपालिकाले बाह्रदशी गाउँपालिकालाई ४–० गोलअन्तरले पराजित गर्दै सहज जितसहित फाइनल यात्रा तय गरेको छ। दमकका लागि जर्सी नम्बर ८ का दिपेन्द्र घिमिरेले दुई गोल गर्दै टोलीको जितमा महत्वपूर्ण भूमिका खेले। त्यस्तै जर्सी नम्बर ११ का सुजन राई र जर्सी नम्बर १३ का रोशन तामाङले समान एक–एक गोल थपे। निर्धारित समयमा बाह्रदशीले केही अवसर सिर्जना गरे पनि गोलमा…

Read More

झापा, १३ माघ । जिल्ला प्रहरी कार्यालय झापाकी प्रमुख तथा प्रहरी उपरीक्षक वसुन्धरा खड्काले आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गर्दै जिल्लामा सुरक्षा व्यवस्था उच्च प्राथमिकताका साथ अघि बढाइएको बताएकी छन् । भर्खरै निर्वाचनको मुखमै सरुवा भएर झापा आएकी प्रहरी उपरीक्षक खड्काले बुधबार जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार भेटघाट कार्यक्रममा सुरक्षा तयारी र प्राथमिकताबारे जानकारी गराएकी हुन् । कार्यक्रममा उनले सुरक्षा संवेदनशीलता तथा उम्मेदवारको सुरक्षा जोखिमको मूल्याङ्नका आधारमा सुरक्षाकर्मी परिचालन गरिने जानकारी दिइन् । कुनै पनि उम्मेदवारले आफ्नो सुरक्षामा चुनौती महसुस गरी निवेदन दिएमा आवश्यकताअनुसार तत्काल सुरक्षा उपलब्ध गराइने उहाँले स्पष्ट पारिन्। निर्वाचन सुरक्षालाई थप प्रभावकारी बनाउन जिल्लामा १०० जना सुरक्षाकर्मी…

Read More

बिर्तामोड, १३ माघ । आसन्न सातौँ झापा गोल्डकप विनोद बस्नेत स्मृति संस्करणको तयारीका लागि बिर्तामोडका जनप्रतिनिधि तथा झापाका सुरक्षा प्रमुखहरुसँग अन्तरक्रिया गरिएको छ । झापाको बिर्तामोडमा आज भएको अन्तरक्रियामा सहभागी प्रतिनिधिहरुले प्रतियोगितालाई उत्सवका रुपमा मनाउन सुझाव दिएका छन् । स्थानीय सरकारका प्रतिनिधिहरुले सकरात्मक सहयोगको वचनबद्धता समेत जनाएका छन् । बिर्तामोडका नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाले स्थानीय सरकार यो प्रतियोगिताको अभिभावकीय भूमिका निर्वाह गर्ने बताए । अन्तरक्रियामा उपप्रमुखसहित बिर्तामोड नगरका वडा अध्यक्षहरु अग्निप्रसाद पाण्डे, किशारकुमार पौडेल, मदन बुढाथोकी, राहुल शर्मा, रोहित प्रसाईं र दुर्योधन गुरुङको उपस्थिति रहेको थियो । यसैबीच, सुरक्षा निकाय प्रमुखहरुसँगको अन्तरक्रियामा झापाका प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले व्यवस्थापन पक्षलाई…

Read More

झापा, १३ माघ । झापा र सुनसरीबाट लागुऔषध ब्राउनसुगर र औषधीसहित ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । माघ १२ गते झापाको दमक नगरपालिका–५ बाट विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो काँकरभिट्टा र इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरी टोलीले दमक–९ का निरन्जन विश्वकर्मा, अमित मगर र दमक–५ का मीनकुमार धिमाललाई ट्रामाडोल ८१५ क्याप्सुल, डिकोलिक ११५ चक्की, स्पास्पेन ६०० चक्की लागुसहित पक्राउ गरेको छ । त्यस्तै, सुनसरीको इटहरी–१७ बाट लागुऔषध नियन्त्रण ब्यूरो विराटनगर र इलाका प्रहरी कार्यालय पकलीबाट खटिएको प्रहरी टोलीले सोही स्थानकी जैतुन खातुन, मोहमद सैफुदिन र मन्जिना खातुनलाई १० ग्राम ३५० मिलिग्राम ब्राउनसुगरसहित पक्राउ गरेको छ । चेकजाँचकै…

Read More