
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
बिर्तामोड, ५ बैशाख । नेपाली कांग्रेसले क्रियाशील सदस्यको अद्यावधिक गर्दै राष्ट्र–राष्ट्रियता, लोकतन्त्र, संघीयता सबल बनाउने उद्देश्यले सञ्चालन गर्न लागेको जरा अभियान झापामा पनि शुरु भएको छ । अभियानका लागि केन्द्रिय प्रतिनिधिद्वय बसन्त भट्टराई र रुद्रबहादुर कन्दङ्वाको उपस्थितिमा बृहद बैठक सम्पन्न गर्दै अभियान शुरु गरिएको हो । जरा अभियानमा झापाका लागि केन्द्रीय प्रतिनिधि एवं वृहद बैठकका प्रमुख अतिथि बसन्त भट्टराईले कृयाशिल सदस्यता बितरणमा देखिएका अनियमितता नियन्त्रण गरेर पार्टीको नीति, विचार, सिद्धान्त, कार्यक्रमलाई पालना गर्र्दै अनुशासन पालना गर्ने वास्तविक क्रियाशिल सदस्य अध्यावधिक गर्न अभियान थालिएको बताउनुभयो । विशेष महाधिवेशनको बन्दशत्रले समेत यो विषय पारित गरेको जानकारी दिदै उहाँले कांग्रेसलाई नयाँ र प्रविधियुक्त…
भद्रपुर, ५ बैशाख । झापाको भद्रपुरमा जंगल हात्तीले मकैबाली नष्ट पारेको छ । गए राति भद्रपुर–३ रंगेडाडास्थित कालिका मन्दिर सामुदायिक वनबाट आएको जंगली हात्तीले भद्रपुर–४ का हिरालाल राईले १० कठ्ठा खेतमा लगाएको मकैबाली खाएर नष्ट गरेको हो । घटनास्थलमा प्रहरी चौकी महेशपुरबाट प्रहरी टोली खटि गई बुझ्दा हात्तीले एक लाख रुपैयाँ बराबर क्षति पुर्याएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।
झापा, ५ बैशाख । गृहमन्त्री सुधन गुरुङ र मधेस र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभामा प्रतिनिधित्व गर्नुहुने सांसदबीच सीमापार अपराध नियन्त्रण तथा तस्करी नियन्त्रणसम्बन्धी विषयमा छलफल भएको छ । शुक्रबार गृह मन्त्रालयमा भएको छलफलका क्रममा सांसदले सीमा क्षेत्रमा हुने तस्करीलाई प्रभावकारी रूपमा नियन्त्रण गर्नुपर्ने माग गर्नुभएको थियो । यसक्रममा विद्यमान भन्सार प्रणालीमा सुधार गर्ने, भन्सार दर पुनरावलोकन गर्ने, सीमामा प्रभावकारी निगरानी तथा अनुगमन संयन्त्र विकास गर्ने, कृषि सामग्री तथा मलखादको भन्सार प्रक्रिया सरलीकृत गर्ने, सीमा क्षेत्रमा बसोबास गर्ने नागरिकलाई दैनिक उपभोग्य सामग्रीको आयातमा निश्चित हदसम्म भन्सार छुट दिन मापदण्ड निर्धारण गर्ने लगायतका विषयमा सांसदले सुझाव दिनुभयो । छलफलका क्रममा उठेका गृह मन्त्रालयसँग…
झापा, ५ बैशाख । आज कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशको पहाडी र हिमाली भू–भागमा साधारणतया बादल लाग्ने, मधेश प्रदेशलगायत बाँकी पहाडी र हिमाली भू–भागमा आंशिक बादल लाग्ने र बाँकी तराई भू–भागमा मौसम मुख्यतया सफा रहनेछ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशलगायत बागमती र गण्डकी प्रदेशका हिमाली र पहाडी भू–भागका थोरै स्थानहरुमा तथा लुम्बिनी प्रदेशको पहाडी र हिमाली भू–भागलगायत कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा मेघगर्जनरचट्याङ्ग सहित हल्का वर्षारहिमपातको सम्भावना रहेको छ । लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराईलगायत अन्य केही भू–भागमा तातो दिन हुने सम्भावना रहेको छ । त्यसैगरी आज राती देशका हिमाली र पहाडी…
भद्रपुर, ५ चैत । झापाको कनकाई नगरपालिका–५ स्थित तल्लो चप्रामारीबाट प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले झापा गाउँपालिका–६ का २२ वर्षीय साफिक उलमिया र भारत डिगलबैंक थाना–१ का २२ वर्षीय निसार आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । शुक्रबार कनकाई–५ तल्लो चाप्रामारीस्थितमा लागुऔषध व्युरो बिराटनगर र इलाका प्रहरी कार्यालय सुरुङ्गाको संयुक्त प्रहरी टोलीले गोप्य सूचनाको आधारमा झापा गाउँपालिकाबाट सुरुङ्गातर्फ आउँदै गरेको भारतीय नम्बरको बीआर ३७ आर १८६६ को मोटरसाइकललाई रोकेर चेकजाच गर्दा उनीहरुले बोकेको हाते झोला भित्र रहेको खानाको बट्टामा लुकाई छिपाई ल्याएको छ पोका ब्राउनसुगर जस्तो देखिने खैरोपदार्थ ५६३ ग्राम ६२० मिग्रा, भिभो…
झापा, ५ बैशाख । झापाको भद्रपुर नगरपालिका–८ स्थित संगमचोकमा गएराति आगलागि भएको छ । भद्रपुर–८ संगमचोकका गणेश गौतमको तीन तल्ले पक्की घरको पहिलो तल्लामा अचानक बिजुली तार सर्ट भइ आगलागी भएको हो । आगो वडा प्रहरी कार्यालय भद्रपुर, भद्रपुर नगरपालिकाको दमकल र स्थानीयसहरुको सहयोगमा आगो पूर्ण रुपमा नियन्त्रणमा आएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । क्षति विवरण आउन बाँकी रहेको छ ।
झापा, ४ बैशाख । अवकास प्राप्त प्रहरी वरिष्ठ नायव निरीक्षक बिरेन्द्र कार्कीलाई विदाई गरिएको छ । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको सभाहलमा आयोजित एक कार्यक्रमका विच वैशाख ३ गते कोशी प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले ३० बर्ष सेवा अवधी पुरा गरी अनिवार्य अवकास हुनु भएका कार्कीलाई धन्यवाद तथा शुभकामना सहित विदाई गर्नु भएको हो । कार्यक्रममा प्रहरी नायव महानिरीक्षक विनोद घिमिरेले नेपाल प्रहरीमा रहेर ३० बर्ष सेवा अभधिभर संगठनलाई कार्कीले पुर्याउनु भएको योग्दानको उच्च कदर गर्दै अवकास पश्चात पनि समाजमा शान्ति(सुरक्षा कायम राख्न बिना वर्दीको प्रहरीको रुपमा रहन आग्रह गर्नुका साथै व्यक्तिगत तथा सामाजिक जीवनको सफलताको शुभकामना…
झापा, ४ बैशाख । नेपाल राष्ट्र बैंकले आज (शुक्रबार) का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । निर्धारित विनिमयदरअनुसार अमेरिकी डलर एकको खरिददर १४८ रुपैयाँ ८२ पैसा र बिक्रीदर १४९ रुपैयाँ ४२ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ ४० पैसा र बिक्रीदर १७६ रुपैयाँ ११ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर २०१ रुपैयाँ ६० पैसा र बिक्रीदर २०२ रुपैयाँ ४१ पैसा, स्वीस फ्रयाङ्क एकको खरिददर १८९ रुपैयाँ ९४ पैसा र बिक्रीदर १९० रुपैयाँ ७१ पैसा कायम गरिएको छ । अष्ट्रेलियन डलर एकको खरिददर १०६ रुपैयाँ ७३ पैसा र बिक्रीदर १०७ रुपैयाँ १६ पैसा, क्यानेडियन…
झापा, ४ बैशाख । प्रत्येक वर्ष वैशाख कृष्ण पक्ष औँसीका दिनमा जन्मदाता आमालाई सम्मान गरी मनाइने आमाको मुख हेर्ने पर्व आज देशभर आमालाई मीठा–मीठा खानेकुरा खान दिई श्रद्धा भक्तिसाथ मनाइँदैछ । शास्त्रमा उपाध्याय (पण्डित), आचार्य र पिताभन्दा पनि ठूली मानिएकी आमाप्रति श्रद्धा, भक्ति, सम्मान र आदर गर्ने तथा उहाँबाट शुभाशीर्वाद थाप्ने दिनका रूपमा यो पर्वलाई लिइने शास्त्रीय परम्परा छ । छोराछोरीले आज बिहानै उठी नुहाएर आफ्नी आमालाई राम्राराम्रा लुगा लगाउने र मीठामीठा–तागतिला खानेकुरा खान दिई आशीर्वाद थाप्ने चलन छ । आमा नभएकाहरू भने आमालाई तर्पण र पिण्ड तथा पुरोहितलाई सिदादानसहित भोजन गराई दिवङ्गत आमा र उनले गरेका महान् एवं कष्टकर…
झापा, ४ बैशाख । हाल पश्चिमी तथा स्थानीय वायुको आंशिक प्रभावका कारण देशका अधिकांश भागमा आंशिक बदली भएको छ । हिमाली भागमा साधारणतया बदली, पहाडी क्षेत्रमा आंशिक बदली तथा तराईमा मुख्यतया सफा मौसम रहेको छ । कोशी प्रदेशका पहाडी भेगका एकदुई स्थानमा हल्का वर्षा तथा हिमपात भइरहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी भागका केही, कर्णाली र सुदूरपश्चिम प्रदेशका हिमाली भागका एकदुई स्थानमा मेघगर्जन तथा चट्याङसहित हल्का वर्षा वा हिमपातको सम्भावना छ । त्यसैगरी, आज रााति देशका हिमाली भागका साथै कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी क्षेत्रमा साधारणतया…