jhapaonline add

झापा, २२ पुस । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्य निर्वाचन सुरक्षाका लागि १ लाख ४९ हजार ९० जना निर्वाचन प्रहरी (म्यादी प्रहरी) भर्ना गरिने भएको छ । सरकारले निर्वाचन प्रहरी भर्ना, छनोट नियुक्ति र परिचालन सम्बन्धी मापदण्ड स्वीकृत गरेको हो । गृह मन्त्रालयका अनुसार, १० दिन तालिम र ३० दिन कार्यस्थलमा खट्नेगरी नेपाल प्रहरी मातहत १ लाख ३३ हजार ९ सय ८० र सशस्त्र प्रहरी बल (एपीएफ) मातहत १५ हजार १ सय १० परिचालन हुनेगरी मापदण्ड स्वीकृत गरिएको हो । भर्ना हुने म्यादीलाई प्रहरी र सशस्त्र प्रहरीका जवानले पाउने आधारभूत तलबमान अनुसार तलब, पोशाक र सम्बन्धित जिल्लाको…

Read More

झापा, २२ पुस । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रिमण्डल पुनर्गठन भएको छ । मुख्यमन्त्री कार्कीले नेपालको संविधानको धारा १६८ को उपधारा ९ बमोजिम मौजुदा मन्त्रिमण्डल पुनर्गठन एवं कार्य विभाजन गर्नु भएको हो । नवनियुक्त मन्त्रीहरूलाई कोशी प्रदेशका प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश प्रमुखको कार्यालयमा आज साँझ एक कार्यक्रमका बीच पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुभयो । मुख्यमन्त्री कार्कीले दुई राज्यमन्त्री तथा १० जना मन्त्रीसहित मौजुदा मन्त्रिमण्डल पुनर्गठन गर्नुभएको हो । पुनर्गठित मन्त्रिमण्डलमा भौतिक पूर्वाधार विकास मन्त्री प्रदीपकुमार सुनुवार, पर्यटन, वन तथा वातावरण मन्त्री भिम पराजुली, खानेपानी, सिचाई तथा उर्जामन्त्री तिलचन पाठक, आन्तरिक मामिला तथा कानुनमन्त्री इन्द्र मणी पराजुली, आर्थिक…

Read More

झापा, २२ पुस । एक्टिभ नाइनले आफ्नो आठौँ स्थापना दिवसको अवसर पारेर मंगलबार बिर्तामोड–६ स्थित श्री हरिहर आश्रम गुरुकुलम्मा अध्ययनरत बटुकहरुलाई न्यानो कपडा वितरण गरेको छ । २०७४ सालमा स्थापित बिर्तामोडका नौ युवाहरुको समूह एक्टिभ नाइनले २३ बटुकहरुलाई न्यानो कपडा वितरण गरेको हो । कार्यक्रममा समूहका अध्यक्ष गोविन्द निरौलाको अध्यक्षतामा भएको कार्यक्रममा हरिहर आश्रम गुरुकुलका पूर्वअध्यक्ष दाताराम तिम्सिनाको प्रमुख आतिथ्य रहेको थियो । संस्थाका सचिव भानु खनालले सञ्चालन गर्नुभएको कार्यक्रमको सहजीकरण देवीप्रसाद अधिकारीले गर्नु भएको थियो । कार्यक्रममा एक्टिभ नाइन लेडीकी देवका कोइराला, विद्यापिठका अध्यक्ष अभिचन्द्र पोखरेल लगायतले मन्तव्य राख्नुभएको थियो । सोही अवसरमा गुरुकुलका बटुकहरुलाई खाजा समेत खुवाइएको थियो…

Read More

शिवसताक्षी । झापाको शिवसताक्षी नगरपालिका दुधेमा रहेर वित्तीय कारोबार गर्दै आएको आदर्श बचत तथा ऋण सहकारी संस्थाकाले सदस्य विस्तार तथा सदस्य शिक्षा कार्यक्रमलाई तिब्रता दिएको छ । संस्थाले आफ्ना सदस्यहरुलाई चलायमान बनाउन हरेक हप्ता सहकारी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । सोही अन्तर्गत मंगलबार शिवसताक्षी ११ दूधे उत्तर घुम्ति शिविर गर्दै सदस्य विस्तारसँगै सदस्य शिक्षा कार्यक्रम सञ्चालन गरेको र संस्थाले आज मात्रै २० जना नयाँ सदस्य विस्तार गरेको जनाएको छ । सहकारी शिक्षा कार्यक्रममा वित्तीय कारोबार र सहकारीको परिभाषा र आधारभूत सिद्धान्तहरू, सहकारीसँग सम्बन्धित कानुन तथा नीतिहरू, आर्थिक तथा वित्तीय व्यवस्थापनलगायत विषयहरुमा सदस्यहरुलाई शिक्षा प्रदान गरिएको संस्थाका व्यवस्थापक प्रकाशचन्द्र पोख्रेलले…

Read More

झापा, २३ पुस । झापाको अर्जुनधारा नगरपालिका–७ स्थित शनिश्चरे–खुदुनावारी सडक खण्डको विरिङ खोला पुल निर्माण हुने भएको छ । अर्जुनधारा–७ स्थित बिरिङ खोलाको पुल निर्माणका लागि ३५ करोड रुपैयाँ स्वीकृत भएको छ । अर्जुनधारा–४ र १ सँग जोड्ने शनिश्चरे–खुदुनावारी सडकको विरिङ खोलामा पुल भत्किएपछि नयाँ पुल निर्माण गर्न रकम स्वीकृत भएको हो । ठेक्का प्रकृया तत्काल अगाडि बढाउने भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेको उक्त भत्किएपछि चासो राख्दै आएका थिए भने अर्जुनधारा नगर प्रमुख बलदेवसिंह गोम्देन तामाङको पहलमा उक्त रकम स्वीकृत भएको हो ।

Read More

झापा, २२ पुस । झापा, मोरङ, सुनसरी र भोजपुर जिल्लाको विभिन्न स्थानहरुबाट प्रतिबन्धित औषधि, ब्राउनसुगर र गाँजासहित ७ जना पक्राउ परेका छन् । झापाको इलाका प्रहरी कार्यालय दमकले पुस २१ गते चेकजाँचको क्रममा दमक–१ का सुरज कुमाल, कृष्णबहादुर श्रेष्ठ र मोरङको मिक्लाजुङ–३ की मनिका राईलाई ६ ग्राम ७८० मिलिग्राम ब्राउनसुगरसहित र मोरङको इलाका प्रहरी कार्यालय रानी र लागु औषध नियन्त्रण ब्युरो विराटनगरबाटको प्रहरी टोलीले विराटनगर महानगरपालिका(–१५ स्थितबाट धरान उपमहानगरपालिका–५ का किसन घतानी र दर्लामी मगरको साथबाट ५ ग्राम २१ मिलिग्राम लागु औषध ब्राउन सुगर फेला पारी नियन्त्रणमा लिएको हो । यसैगरी सुनसरीको प्रहरी चौकी भरौलले रामधुनी–६ का सुनिल चौधरी र…

Read More

झापा, २३ पुस । पश्चिमी जापानको शिमाने प्रान्तमा मङ्गलबार ६.४ म्याग्निच्युडको भूकम्प गएको छ । भुकम्प आउँदा धेरै जना घाइते भएको स्थानीय मिडियाले जनाएको छ । भूकम्प स्थानीय समय अनुसार बिहान १०ः१८ मा पूर्वी शिमाने प्रान्तमा करिब १० किलोमिटरको गहिराइमा आएको उल्लेख गर्दै, मौसम विज्ञान विभागले भूकम्पले जापानको शिमाने र टोटोरी प्रान्तहरू सबैभन्दा बढी प्रभावित भएको जनाएको छ । भूकम्पकोमा घाइते भएका कारण सिमाने प्रान्तको माट्सु सिटीका चार जनालाई अस्पताल लगिएको थियो । भूकम्पले सहरका धेरै घरहरूको छतमा क्षति पुगेको सार्वजनिक प्रसारणकर्ता एन.एच.के.ले जनाएको छ ।

Read More

झापा, २२ पुस । आज कोशी प्रदेश सरकारले मन्त्रीपरिषद् पुनर्गठन गर्दैछ । हालका सबै मन्त्रीहरूलाई फिर्ता बोलाएर आज बेलुका सम्ममा नयाँ मन्त्रीपरिषद् गठनको तयारी गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद् कार्यालयले जनाएको छ । कोशी प्रदेशमा हाल नेकपा एमाले र नेपाली कांग्रेसको संयुक्त सरकार रहेको छ । स्रोतका अनुसार मुख्यमन्त्री बाहेक हाल सरकारमा रहेका सबै मन्त्रीहरूलाई फिर्ता बोलाउने तयारी गरिएको छ । हाल नेकपा एमालेबाट आन्तरिक मामिला तथा कानुन मन्त्री रेवतीरमण भण्डारी, आर्थिक मामिला तथा योजना मन्त्री राम राना, खानेपानी, ऊर्जा तथा सिँचाइ मन्त्री एकराज कार्की, सामाजिक विकास मन्त्री पाँचकर्ण राई तथा राज्यमन्त्री सिर्जना राई सरकारमा सहभागी छन् । त्यसैगरी नेपाली काँग्रेसबाट…

Read More

झापा, २२ पुस । झापाको बिर्तामोडस्थित भगवान चोक दक्षिणमा रहेको प्रतिष्ठित शैक्षिक संस्था युरो किड्स प्री स्कूलले बालबालिकाको सिर्जनात्मक क्षमता उजागर गर्न ‘युरो मास्टर सेफ कम्पिटिसन’ आयोजना गर्ने भएको छ । पुस २५ गते विद्यालय परिसरमा सञ्चालन हुने प्रतियोगितामा ‘फायरलेस कुकिङ’ (आगोको प्रयोग नगरी खाना पकाउने) अभ्यास गराइने प्री स्कूलले जनाएको हो । नानीबाबुलाई भान्छा र खानपानको कलासँग जोड्न आयोजना गरिएको प्रतिस्पर्धामा आमाका साथमा नानीबाबुहरू सहभागी हुनेछन् । युरो किड्सका बाहेक समुदायबाट समेत नानीबाबुहरू आफ्नो आमाका साथमा कम्पिटिसनमा सहभागी हुन सक्ने व्यवस्था मिलाइएको छ । समुदायका अन्य इच्छुक नानीबाबु आमाकाे साथमा फायरलेस कुकिङ कम्पिटिसनमा सहभागी हुन पाउने प्री स्कूलकी प्रिन्सिपल…

Read More