
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
झापा, ४ मंसीर । अन्तर्राष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा आएको उतारचढावको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधवारको तुलनामा आज दुवै धातुको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधवारको तुलनामा आज सुनको मूल्य तोलामा रु ७०० ले बढेको छभने त्यति नै परिमाणको चाँदी रु ३५ ले बढेको छ । आज एक तोला सुनको मोल रु दुई लाख ४३ हजार निर्धारण भएको छ । त्यसैगरी, चाँदीको मूल्य प्रतितोला रु तीन हजार १८५ कायम भएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तर्राष्ट्रिय बजारमा एक औँस सुन चार हजार ७५ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
झापा, ४ मंसीर । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य कार्यालय बाजुराका तत्कालीन निमित्त कार्यालय प्रमुख अशोककुमार सिंहसहित छ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा मुद्दा दायर गरेको छ । सार्वजनिक सम्पत्तिमा हानी नोक्सानी गरी भ्रष्टाचार गरेको आरोपमा शिक्षा विकास तथा समन्वय एकाइ बाजुराका तत्कालीन इञ्जिनियर सुनेशकुमार चौरसिया, सव–इञ्जिनियर नरेश रावत तथा प्रसूति केन्द्र भवन निर्माण उपभोक्ता समितिका अध्यक्ष पारस रोकाया, सचिव मुना रोकाया र कोषाध्यक्ष खडक ऐडी विरुद्ध मुद्दा दायर गरिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिनुभयो । हिमाली गाउँपालिका–६ मा प्रसूति केन्द्र निर्माणका लागि स्वास्थ्य कार्यालय बाजुराले उपभोक्ता समितिलाई रु २६ लाख १५ हजार २०६ को लागतमा जिम्मेवारी दिएको थियो ।…
झापा, २७ कात्तिक । झापाको कमल गाउँपालिका–५ पाडाजुङ्गीमा भृकुटी हस्पिटल सञ्चालनमा आउने भएको छ । ‘सरकारी दरमै निजीमा सुविधा’ भन्ने नाराका साथ मंसीर अन्तिम सातादेखि हस्पिटल सञ्चालन गर्न लागिएको सञ्चालक प्रताप कार्कीले जानकारी दिनुभयो । यहाँस्थित आदिवासी रङ्गशाला दक्षिण राजमार्गसँग जोडिएको तीन बिघा जग्गामा युवा व्यवसायी कार्कीसहित बुद्धिमान थापा र नसिम कार्कीको संयुक्त लगानीमा हस्पिटल सञ्चालन हुन लागेको हो । “अहिले स्वास्थ्य सेवा निकै महँगो भइरहेको छ, सुलभ दरमा सेवा दिने हाम्रो उद्देश्य छ”, उहाँले भन्नुभयो, “पाँच सय शैय्याको अस्पतालको भौतिक संरचना निर्माण भइसकेको छ, प्रारम्भिक चरणमा एक सय शैय्याबाट सेवा शुरु हुनेछ ।” चार वर्षअघिबाट अस्पतालको भौतिक संरचना निर्माण…
झापा, २७ कात्तिक । हरेक वर्ष बर्खासँगै आवागमनमा समस्या भौग्दै आएका हल्दिबारी–३ रणकालीका स्थानीयबासीको समस्या स्थायी रुपमा समाधान भएको छ । हल्दिबारी–३ रणकालीस्थित भुसुडी खोलामा पुल निर्माण भएसँगै यहाँका स्थानीयबासी उक्त समस्याबाट मुक्त भएका हुन् । काठे पुलबाट जेतेन आवातजावत गर्दै आए पनि खोलामा आएको बाढीले पुल बगाएपछि उनीहरु समस्या भोग्दै आएका थिए । तर, अहिले उक्त स्थानमा पक्की पुल बनेपछि आवागमन हुँदै आएको समस्या स्थायी रुपमा समाधान भएको छ । हल्दिबारी गाउँपालिकका अध्यक्ष रविन्द्र लिङ्देनले गाउँपालिकाको आफ्नै बजेटबाट भुसुडी खोलामा २६.८ सय मिटर लामो र ५.५ मिटर चौडाको पक्की पुल निर्माण गरिएको बताउनुहुन्छ । यो पुलसँगै भुसुडी खोलाको अर्को…
झापा, २७ कात्तिक । नेपाल राष्ट्र बैंकले आज लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ । आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको राष्ट्र बैंकले जनाएको छ। तर, पाउन्डसहितका मुद्राको मूल्य आज पनि घटेको छ। आज अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ५२ पैसा र बिक्रीदर १४२ रुपैयाँ १२ पैसा छ। हिजो अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ४२ पैसा र बिक्रीदर १४२ रुपैयाँ ०२ पैसा थियो। यही कात्तिक १८ गते अमेरिकी डलर १ को खरिदर १४१ रुपैयाँ ७५ पैसा र बिक्रीदर १४२ रुपैयाँ ३३ पैसा पुगेको थियो। अमेरिकी डलरको…
झापा, २७ कात्तिक । हाल देशभर कुनै मौसम प्रणालीको उल्लेखनीय प्रभाव नरहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो कोशी, वाग्मती र गण्डकी प्रदेशका पहाडी भागमा आंशिक बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहने बताएको छ । आज राति देशभरको मौसम सामान्यतया सफा रहने छ ।
दमक, २८ कात्तिक । वेवारिसे अवस्थामा उद्धार गरिएका एक वृद्धको मृत्यु भएको छ । सुनसरी धरान घर बताउने अन्दाजी ६५ वर्षीय आनन्द राईको मिति २०८२ सालको कार्तिक २६ गते झापाको गौरादह नगरपालिका–५ स्थित मानव उद्धार सेवा केन्द्र महारानिझोडामा मृत अवस्थामा फेला परेका हुन् । राईलाई यसअघि भदौ २९ गते झापा दमक नगरपालिका–५ गोर्खा डिपार्टमेन्ट क्षेत्रबाट वेवारिसे अवस्थामा उद्धार गरी उक्त सेवा केन्द्रमा राखिएको थियो । सेवा केन्द्रका अनुसार मृतकलाई मुटु, लिवर, जण्डिससम्बन्धी समस्या थियो भने हर्नियाको शल्यक्रिया पनि गरिसकेको बुझिएको छ । मृत्युको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय दमकबाट प्रहरी निरीक्षकको टोली घटनास्थलमा पुगेर आवश्यक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा…
झापा, २६ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य तथा कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले आगामी मंसिर २७–२९ गतेसम्म हुने पार्टीको ११औं महाधिवेशनमा केन्द्रीय सचिव पदमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बुधबार बिहान विराटनगरस्थित होटल स्वागतममा एमालेनिकट प्रेस चौतारी कोशी र मोरङका केही पत्रकारहरूसँगको भेटमा उनले उक्त घोषणा गरेका हुन्। ‘उहाँले केन्द्रीय सचिवमा लड्ने र आफूलाई सहयोग गर्नुपर्ने भनेर स्पष्ट भन्नुभएको छ,’ एक निकट स्रोतले जानकारी दियो। भेटमा कार्कीले पार्टीभित्र अध्यक्ष केपी शर्मा ओलीविरुद्ध २०–२५ प्रतिशत सदस्यहरू असन्तुष्ट देखिए पनि त्यसले नेतृत्वमा खासै असर नपर्ने दाबी गरे। स्रोतका अनुसार उनले भने, ‘केही मान्छे अध्यक्ष ओलीविरुद्ध लागेका छन्, तर त्यो संख्या नेतृत्व…
झापा, २६ कात्तिक । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले झापाको दमक नगरपालिका–५ स्थित श्री दीपिनी आधारभूत विद्यालयकी शिक्षिका देवी निरौलाविरुद्ध फर्जी शैक्षिक प्रमाणपत्र पेस गरी शिक्षक बनेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगका अनुसार निरौलाले भारतको विहार संस्कृत शिक्षाबोर्ड, पटनाबाट जारी गरिएको माध्यमिक तहको परीक्षा प्रमाणपत्र पेश गरी प्राथमिक तहको शिक्षिका पदमा नियुक्ति लिएकी थिइन् । तर अनुसन्धानका क्रममा सो प्रमाणपत्र नक्कली र झुट्टा रहेको पुष्टि भएको अख्तियारका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए । आयोगका अनुसार, नक्कली प्रमाणपत्रका आधारमा उनले सरकारी जागिरका साथै तलब, भत्ता र अन्य सुविधा गैरकानुनी रूपमा प्राप्त गरेकी थिइन् ।त्यसैले अख्तियारले साविक भ्रष्टाचार निवारण…
झापा, २६ कात्तिक । जेनजी आन्दोलनका क्रममा झापामा प्रहरीबाट लुटिएका ५४ थान गोलीसहित दुई युवक पक्राउ परेका छन्। पक्राउ पर्नेमा बाह्रदशी गाउँपालिका–४ चकचकी घर भई बिर्तामोड–२ राम चोकमा डेरा गरी बस्ने २७ वर्षीया ईस्रप खातुन र त्यही ठाउँका २२ वर्षीय विकास टुडु रहेको जिल्ला प्रहरी कार्यालय झापाका डीएपसी खगेन्द्रबहादुर खड्काले जानकारी दिए । प्रहरीले भदौ २४ गतेको जेनजी आन्दोलनका क्रममा लुटिएको गोली बिर्तामोड–२ राम चोकमा बस्ने खातुनको कोठाबाट बरामद गरेको हो। उनको कोठामा एसएलआरको राउन्ड–३८ वटा, इन्सासको राउन्ड–१६ वटा, काँसको थाल –१ वटा, करुवा–१ वटा, पित्तलको गिलास–१ र प्रहरीको बुट–१ जोर बरामद भएको डीएसपी खड्काले बताए। सो गोली इलाका प्रहरी…