
झापा, २५ माघ । झापा जिल्लाको अर्जुनधारा नगरपालिका–७ बिरिङ खोलामा आज बिहान भएको ट्रयाक्टर दुर्घटनामा एक किशोरको मृत्यु भएको छ ।
आज बिहान करिब ९ः४० बजे बालुवा लोड गरी अघि बढिरहेको प्र१–०१–००१त ९०१० नम्बरको ट्रयाक्टरबाट खसेका सह–चालक अर्जुनधारा–३ निवासी १६ वर्षीय सरोज श्रेष्ठलाई सोही ट्रयाक्टरको पछाडिको चक्काले किच्दा गम्भीर घाइते भएका थिए । उनलाई तत्कालै उपचारका लागि शनिश्चरेस्थित शंखर अस्पताल पुर्याइएको थियो । तर, चिकित्सकले जाँच गर्दा मृत घोषणा गरेका थिए ।
दुर्घटनापछि प्रहरी चौकी शनिश्चरेबाट टोली खटिएर ट्रयाक्टर नियन्त्रणमा लिएको छ । चालकलाई समेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । ट्रयाक्टरका साहु अर्जुनधारा–४ निवासी ५६ वर्षीय अशोकलाल दनुवार पनि प्रहरी नियन्त्रणमा रहेका छन् ।प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान जारी छ ।


