
Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
jhapaonline add
एजेन्सी,२ पुस । विश्व स्वास्थ्य सङ्गठनले सदस्य राष्ट्रहरूलाई श्वासप्रश्वाससम्बन्धी रोगहरू र कोरोनाको नयाँ सबभेरिएन्ट ‘जेएन वान’ बारे सजग रहन अनुरोध गरेको छ । डब्लुएचओले भाइरसले आफ्नो रूप परिवर्तन गरिरहेको बताएको छ । सबै सदस्य राष्ट्रहरूले यस्तो अवस्थामा कडा निगरानी राखेर रोगको फैलावटलाई रोक्न आग्रह गरिएको छ । डब्ल्यूएचओले कोभिड–१९ मा संगठनको प्राविधिक नेतृत्व मारिया भान केरखोभको एक भिडियो सामाजिक सञ्जालमा पोस्ट गर्दै यस्तो अपिल गरेकी हुन् । उनले त्यस भिडियोमा श्वासप्रश्वाससम्बन्धी रोग सर्ने कारणहरू बताउनुका साथै त्यसबाट बच्न के–कस्ता सावधानी अपनाउनुपर्ने जानकारी पनि दिएकी छिन् । मारिया भान केरखोभले सेयर गरेको पोस्टमा विश्वमा श्वासप्रश्वाससम्बन्धी रोगहरू निरन्तर बढिरहेको बताएकी छन् ।…
काठमाण्डौ, २ पुस । यूईएफए च्याम्पियन्स लिग फुटबलअन्तर्गत अन्तिम १६ को तालिका सार्वजनिक भएको छ । आज सोमवार सार्वजनिक भएको तालिकाअनुसार पोर्टोले आर्सनलसँग खेल्नेछ । यस्तै नापोलीले बार्सिलोनासँग, पेरिस सेन्ट जर्मेइन (पीएसजी) ले रियल सोसिडाडसँग र इन्टरमिलानले एट्लेटिको मड्रिडसँग खेल्नेछ । यस्तै पीएभीले बोरुसिया डर्टमुन्डसँग, लाजियोले बार्यन म्युनिखसँग, एफसी कोपनहेगनले म्यानचेस्टर सिटीसँग र आरबी लाइपजिगले रियल मड्रिडसँग खेल्नेछन् । च्याम्पियन्स लिगका अन्तिम १६ का खेल आउँदो जनवरी १३ तारिखदेखि शुरु हुनेछ ।
हल्दिवारी, २ पुस । प्रतिनिसभाका सभामुख देवराज घिमिरेले झापाको हल्दिवारि २ मा रहेको लक्ष्मीनारायण मन्दिरमा आयोजित पुराणको उद्घाटन गरेका छन् । आगामी पुस १० गतेसम्म आयोजना हुने बिराट धन धान्याञ्चल श्रीमद् भागवत सप्ताह ज्ञान महायज्ञको आज एक कार्यक्रमका बीच सभामुख घिमिरेले उद्घाटन गर्दै नेपालका केही वकिलका कारण बिकास निर्माणमा असर परेको जिकिर गर्दै देश आर्थिक अफ्ट्यारोमा परेको समेत बताए । संसद बिकास कोषबाट सांसद बिकास कोष रोकिएकोले सांसदले आफ्नो क्षेत्रमा जनताको समस्या सम्बोधन गर्न नसकिएको उल्लेख गरे । उनले कार्यक्रममा बोल्दै केही वकिल र सरकारका कारण जनताको अपेक्षा अनुरुप काम गर्न बाधा पुगेको बताए । हल्दिवारी र बिर्तामोडको सिमा क्षेत्रमा…
विराटनगर, २ पुस । कोशीका मुख्यमन्त्री केदार कार्कीले श्रमिकको सम्मान अभिवृद्धिका लागि सीप प्रदान गर्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् । अन्तर्राष्ट्रिय आपरवासीकामदार दिवसको अवसरमा सामािजक विकास मन्त्रालयले सोमबार आयोजना गरेको कार्यक्रममा उनले श्रमिकलाई समान व्यवहार नहुञ्जेल समृद्धि नआउने बताएका हुन् । ‘श्रमिकको सम्मान छैन त्यसैले हामी पछाडि छौं । उनले भने, यहाँ कामकाआधारमा प्रयोग गर्ने भाषा र व्यवहार फरक छ । त्यसमा ठूलो विभेद कायम नै छ ।’मुख्यमन्त्रीकार्कीले श्रमिकलाई गर्ने व्यवहार र बोलीमा घरबाटै सुधार गर्नुपर्ने बताएका छन् । ‘हामीले मिठो खाने तर कामदारलाई जस्तोसुकै खानेकुरा दिने व्यवहारको अन्त्यहुनु पर्छ ।उनले भने, विदेशमाश्रम पसिना बगाउनेसँग यहाँका नेताहरूले गएर…
काठमाडौँ, २ पुस । सन् २०२४ मा सञ्चालन गरिने एघारौँ राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाडको आवेदन आजदेखि खुला गरिएको नेपाल एष्ट्रोनोमिकल सोसाइटीले जनाएको छ। विद्यालय तहका विद्यार्थीको प्रतिभा पहिचान तथा प्रवर्द्धनका लागि सन् २०१४ देखि सञ्चालित कार्यक्रममा यस वर्ष कक्षा ८ देखि १२ मा अध्ययनरत १३ वर्षदेखि २० वर्ष उमेर समूहका विद्यार्थीले आवेदन दिनसक्ने सोसाइटीका अध्यक्ष सुरेश भट्टराईले जानकारी दिए। विद्यार्थीको तहगत सिकाइलाई ध्यान दिँदै राष्ट्रिय एस्ट्रोनोमी ओलम्पियाड सन् २०१९ देखि ‘जुनियर’ र ‘सिनियर’ गरी दुई विधामा आयोजना गरिँदै आएको उनले बताए। विद्यालय तहका विद्यार्थीलाई खगोल विज्ञानमा रुचि जगाउने उद्देश्यले सोसाइटीले यो प्रतियोगितालाई निरन्तरता दिँदै आएको छ। यसअन्तर्गत कक्षा ८ देखि १०…
सुन्दरहरैचा(मोरङ), २ पुस । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले कोशी सरकार मातहतका अस्पताललगायत सरकारी कार्यालयमा कार्यविधि बनाएर दोभाषे राख्ने बताएका छन् । राष्ट्रिय बहिरा महासङ्घ नेपाल, कोशीले मुख्यमन्त्री कार्कीलाई ज्ञापनपत्र बुझाएपछि उनले उक्त प्रतिबद्धता जनाएका हुन् । प्रदेश सरकार मातहतका अस्पतालमा राखेका दोभाषेलाई जिल्ला बहिरा सङ्घ मातहत राखेर परिचालन गर्न माग गरेपछि मुख्यमन्त्री कार्कीले कार्यविधि बनाएर प्रदेश मातहतका सरकारी कार्यालयलगायत प्रत्येक सार्वजनिक कार्यक्रममा दोभाषे राख्ने व्यवस्था गर्ने बताएका छन् । मुख्यमन्त्री कार्कीले प्रतिस्थापन विधेयकमार्फत आएको बजेटमा बहिरा समुदायका लागि बजेट व्यवस्थापन गरेर अभिभावकको भूमिका निर्वाह गरेको पनि सो अवसरमा बताएका थिए । उनले दोभाषेको पेसागत सीप विकासका लागि सरकारले काम…
काठमाडौं,२ पुस । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले स्थानीय तहका जनप्रतिनिधिलाई संघीयताको पक्षमा बोल्न आग्रह गरेका छन् । ललितपुर महानगरपालिकाको स्थापना दिवसको अवसरमा आयोजित कार्यक्रममा बोल्दै प्रधानमन्त्री प्रचण्डले स्थानीय सरकार आएपछि विकासले फड्को मारेको र त्यो संघीय लोकतान्त्रिक गणतन्त्रले सम्भव भएको बताए । ‘संघीयता आएपछि अहिले ७ सय ५३ स्थानीय तहकै काम हेर्दा गर्व महसुस हुनुपर्छ । तर संघीयताको वाहकहरुले जनताको सरकार बारे जनतालाई बुझाउन कन्जुस्याँई गर्नहुन्न । ऐतिहासिक परिवर्तन बारे जनतालाई भनेनौं भने देश पछाडि फर्किन सक्छ । संघीय लोकतान्त्रिक गणतन्त्रबारे स्थानीय सरकारका प्रतिनिधिले किन सकारात्मक किन भन्दैनौं रु’ प्रचण्डले प्रश्न गरेका थिए । स्थानीय तहको जनप्रतिनिधिले संघीयताको पक्षमा किन…
एजेन्सी, २ पुस ।अर्जेन्टिनामा आँधीका कारण कम्तीमा १४ जनाको ज्यान गएको छ । अरु १४ जनाभन्दा धेरै घाइते भएका छन् । यस्तै, छिमेकी देश उरुग्वेमा दुई जनाको ज्यान गएको छ । एक सय ५० किलोमिटर प्रतिघण्टाको गतिमा आएको आँधी र मुसलधारे वर्षाले रुखहरु ढाल्नुका साथै विभिन्न संरचना भत्काउँदा जनधनको क्षति भएको अजेन्टिनाका अधिकारीहरुलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ । आँधीका कारण पूर्वी अर्जेन्टिनाका धेरै ठाउँमा विद्युत् सेवा बन्द भएको छ । मौसम तथा आपत्कालीन विभागले आज ब्यूनस प्रान्तमा चेतावनी जारी गरेको छ । आँधीका कारण हवाई तथा सडक यातायात पनि प्रभावित भएको छ ।
तेह्रथुम, २ पुुस । तेह्रथुम र पाँचथर जिल्लालाई जोड्न लुबुघाटस्थित तमोर नदीमा निर्माण थालिएको पक्की पुल १२ वर्षदेखि अधुरै छ । पुल निर्माणले गति लिन सकेको छैन । उक्त पुल बन्न कति समय लाग्छ केही टुङ्गो छैन । पुल निर्माण नहुँदा पाँचथरको कुम्मायकवासीले हप्तैपिच्छे पिठ्युँमा सामग्री बोकेर सात÷आठ घण्टाको बाटो हिँडेर तेह्रथुमको म्याङलुङस्थित शुक्रबारे हटिया पुग्नुपर्ने बाध्यता छ । तेह्रथुमको म्याङलुङदेखि धरान जान वसन्तपुर, सिधुवा, हिले, धनकुटा हुँदै घुमेर एक सय १६ किलोमिटर पहाडै पहाडको यात्रा गर्नुपर्ने अवस्था छ । पुल बनेपछि सिधै तमोर करिडोरको बाटोबाट त्यसको आधा समयमै धरान पुग्न सकिन्छ । पाँचथरको कुम्मायक गाँउपालिकाको नजिकको हटिया तेह्रथुमको म्याङलुङ…
काठमाडौँ, २ पुस । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक आज (सोमबार)बाट सुरु हुँदैछ। मंसिर २८ र २९ गतेका लागि तय भएको बैठक एकीकृत समाजवादीले आजका लागि सारेको थियो। बैठक आज र भोली बस्ने पार्टी प्रचार विभागले जनाएको छ। बैठकमा आगामी माघ ११ गते हुने राष्ट्रियसभाको निर्वाचनमा पार्टीका तर्फबाट उमेदवार बनाउने मापदण्ड तय गर्ने, देशभरको सांगठनिक अवस्था, जनवर्गीय संगठनको कार्यप्रगतिको समीक्षा गर्ने नेताहरुले बताएका छन्।