भोजपुर, २२ असार । भोजपुरको रामप्रसाद राई गाउँपालिका–२ धोद्लेखानीमा एकै परिवारका चार सदस्यको हत्या भएको छ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार भोजपुर नगरपालिका–२ हेलौछा निवासी राजेन्द्र राईले ससुराली घरमा ६८ वर्षीय ससुरा बेलबहादुर गिरी, ४५ वर्षीया सासु मञ्जु गिरी, १५ वर्षीया श्रीमती मनिषा गिरी र ९ वर्षीय सालो सयन गिरीको हत्या गरेका हुन् ।
हत्या पश्चात राई आफैंले पनि छुरा प्रहार गरी आत्महत्या प्रयास गरेको आशंका गरिएको छ। उनी गम्भीर घाइते अवस्थामा फेला परेका छन् र अहिले उपचारका लागि जिल्ला अस्पताल भोजपुर ल्याउने तयारी भइरहेको प्रहरीले जनाएको छ। घटनाको कारण घरायसी विवाद भएको प्रारम्भिक अनुमान गरिएको छ भने थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ। मृतकको शव पोष्टमार्टमका लागि अस्पताल ल्याउने तयारी भइरहेको छ।


