नेपालगन्ज, २२ असार । बाँकेको बैजनाथ गाउँपालिका–२ मकैवारीका ६० वर्षीय टोप बहादुर रोका क्षेत्रीको आफ्नै कान्छो छोराले हत्या गरेका छन् । शनिबार राति करिब ८ बजे ३२ वर्षीय छोरा भविलाल रोकाले धारिलो हतियार प्रयोग गरी हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ।
हत्या लगत्तै फरार प्रहरीका अनुसार घटना हुँदा घरमा अन्य परिवार सदस्यहरू अनुपस्थित थिए, जसको फाइदा उठाउँदै भविलालले हत्या गरेको प्रारम्भिक अनुसन्धानले देखाएको छ। हत्या किन गरियो भन्नेबारे यथार्थ खुल्न नसकेको प्रहरीले जनाएको छ।
प्रहरीको खोजी तीव्र हत्या पछि फरार रहेका भविलालको खोजीमा प्रहरी जुटेको छ। तालिमप्राप्त कुकुरको सहयोगमा खोजी कार्य थप तीव्र पारिएको बाँके प्रहरीले जानकारी दिएको छ। घटनाबारे थप अनुसन्धान जारी रहेको बताइएको छ।


