झापा, २२ असार । झापा र उदयपुरको छुट्टा छुट्टै स्थानहरुमा असार २१ गते सवारी दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।
झापाको मेचीनगर नगरपालिका–१० स्थित भित्री सडक खण्डमा प्र.१ .०१.००२ ह ७१०५ नम्बरको सिटी सफारी अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका चालक मेचीनगर–११ का ३२ बर्षीय राज कररिया र मेचिनगर–१२ स्थित मेचि हाईवेमा प्र.१.०१.००२ ह। ५५७१ नम्बरको अटो र मे. ८ प. ८०३ नम्बरको मोटरसाईकल एकआपसमा ठक्कर खाई दुर्घट्ना हुँदा मोटरसाईकल चालक अर्जुनधारा–११ का ३४ बर्षीय भिम बहादुर सार्कीको उपचारको क्रममा B&C अस्पतालमा मृत्यु भएको हो ।
अटो चालक बुद्वशान्ति–१ का ४० बर्षीय युवराज घिमिरेलाई इलाका प्रहरी कार्यालय धुलाबारीले नियन्त्रणमा लिएको छ । यसैगरी उदयपुरको कटारी –८ स्थित सिद्दीचरण लोकमार्गमा को १ क २७९५ नम्वरको JCB आफै अनियन्त्रित भई सडकबाट ३० मिटर तल खसेर दुर्घटना हुँदा JCB चालकको घटना स्थलमै मृत्यु भएको हो ।


