विराटनगर, २२ असार । लागू औषध नियन्त्रण ब्यूरो विराटनगरको प्रहरी टोलीले २० ग्राम ३७ मिलिग्राम लागू औषध खैरो हिरोइन सहित काठमाडौँको काठमाडौँ महानगरपालिका–३ का २१ बर्षीय अनमोल भण्डारी र २० बर्षीय प्रज्वल बस्नेतलाई पक्राउ गरेको छ ।
असार २१ गते साँझ विराटनगर महानगरपालिका–१६ स्थितबाट उक्त परिणामको खैरो हिरोइनसहित पक्राउ गरीएका दुबैजनाको इलाका प्रहरी रानी मोरङबाट थप अनुसन्धान भई रहेको छ ।
Facebook Comments Box


