झापा, २३ असार । एक २३ वर्षीया युवतीलाई बलात्कार गरेको आरोपमा पाल्पाबाट ६२ वर्षीय बृद्ध पक्राउ परेका छन् ।
बलात्कार आरोपमा तानसेन नगरपालिका–१० तेल्घाका ६२ वर्षीय ताराबहादुर कार्कीलाई प्रहरीले पक्रा गरेको हो । जिप्रका पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक सुनिल मल्लका अनुसार कार्कीले पाल्पाकै २३ वर्षीया युवतीलाई असार २० गते शुक्रबार जबरजस्ती करणी गरेको पीडित युवतीको आमाले दिएको जाहेरीका आधारमा उनलाई आइतबार पक्राउ गरिएको छ ।
तानसेन नगरपालिका–४ लहरेपीपलबाट प्रहरीले कार्कीलाई नियन्त्रणमा लिइएको र जिल्ला अदालत पाल्पाबाट ५ दिनको म्याद लिएर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


