लमजुङ, २३ असार । लमजुङको बेँसीसहर नगरपालिका–९ बिम्दाबेँसीका सेवा निवृत्त भारतीय सेनाका सुवेदार गोपीप्रसाद गुरुङलाई अझै पनि २१ वर्षे उमेरमा पहिलो छुट्टीमा घर फर्किएको दिन झल्झली सम्झना आउँछ। त्यतिबेला उनका बुवा, छरछिमेकी र गाउँलेहरू नाल्माको सित्तलेस्वाँरामा विमानस्थल खन्न जुटेका थिए।
विसं २०२१/२२ मा सुरु भएको यो सपना ६ दशक बितिसक्दा पनि अधुरै छ। स्थानीयको श्रमदान, उत्साह र सरकारी आश्वासनबीच विमानस्थलको निर्माण कहिले बजेटको अभावमा, कहिले राजनीतिक प्राथमिकताको अभावमा रोकिएको छ।
स्थानीयले श्रमदानमार्फत मैदान खनेका थिए। तत्कालीन राष्ट्रिय पञ्चायत सदस्य श्रीकान्त अधिकारीले रु ३,३०० मा मौखिक ठेक्का दिएका थिए। त्यसपछि विभिन्न गाउँबाट सामल, गल, गैंती, कोदालो बोकेर गाउँलेहरू जुटेका थिए।
विसं २०६४ मा निर्माण समिति गठन भई नेपाल नागरिक उड्डयन प्राधिकरणबाट रु १८ लाख ३० हजार, जिविस र गाविसबाट रु ७ लाख जुटाएर पहिलो चरणको काम सम्पन्न भयो। दोस्रो चरणमा थप रु ३५ लाख विनियोजन भई मैदान फराकिलो बनाउने, पर्खाल उठाउने, खानेपानी लाइन व्यवस्थापनजस्ता काम भए।
ट्वीनअटर विमानका लागि ८५० मिटर लम्बाइ र १५० मिटर चौडाइको मैदान आवश्यक रहेको प्राविधिक नक्सा तयार भए पनि करिब ५० प्रतिशत काममै रोकिएको छ। अहिले सो स्थान गौचरन र खेलमैदानमा सीमित छ।
निर्माण समितिका अध्यक्ष गुरुङ भन्छन्, “जहाज चढ्ने सपना देख्ने अघिल्लो पुस्ता बितिसके। अब लमजुङवासीको त्यो रहर अधुरै रहने देखिन्छ।”
लमजुङ, असार २३ — लमजुङको बेँसीसहर नगरपालिका–९ बिम्दाबेँसीका सेवा निवृत्त भारतीय सेनाका सुवेदार गोपीप्रसाद गुरुङलाई अझै पनि २१ वर्षे उमेरमा पहिलो छुट्टीमा घर फर्किएको दिन झल्झली सम्झना आउँछ। त्यतिबेला उनका बुवा, छरछिमेकी र गाउँलेहरू नाल्माको सित्तलेस्वाँरामा विमानस्थल खन्न जुटेका थिए।