झापा, २३ असार । झापा मेचिनगर नगरपालिका–४ स्थित मानव सेवा आश्रम बाहुनडाँगीमा आश्रित एक व्यक्तिको मृत्यु भएको छ।
मृतकको पहिचान भुन्टे कुर्मीका रूपमा गरिएको छ, जसको उमेर करिब ५० वर्ष रहेको बताइएको छ। उनी झापा भद्रपुर नगरपालिका–१० मा बेवारिसे अवस्थामा हिँडडुल गरिरहेको अवस्थामा गत जेठ २२ गते उद्धार गरी मानव सेवा आश्रममा राखिएको थियो।
प्राप्त जानकारीअनुसार, असार २३ गते दिउँसो ३ बजे उनी आश्रममै सुतेको अवस्थामा मृत फेला परेका हुन्। घटनाको जानकारी पाएपछि इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट प्रहरी अधिकृतको टोली घटनास्थलमा खटिएको थियो।
प्रहरीका अनुसार, घटनाको अनुसन्धान भइरहेको छ भने शवलाई पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको छ2।
Facebook Comments Box


