
बिर्तामोड, २३ असार । स्तरीय शिक्षाका नाममा अहिले चर्को शुल्कको मारमा अभिभावक छन् । ठूला र भौतिक पूर्वाधार सम्पन्न विद्यालय, कजेल खुल्ने क्रम पनि बढेको छ । तर, भौतिक पूर्वाधार र सजावटले चिटिक्क हुनुलाई स्तरीय शिक्षा प्रदान गर्ने थलो मान्न सकिन्न । ‘जो दिख्दा है वही बिक्ता है’ भन्ने हिन्दु उखान झै अहिले देखेकै भरमा आफ्ना नानीबाबुहरुलाई विद्यालय भर्ना गराउने चलन पनि छ । झापामा धेरै यस्ता शैक्षिक प्रतिष्ठान पनि छन्, जुन भौतिक पूर्वाधार र सजि–सजावटले भरिपूर्ण नभए पनि शिक्षास्तरमा भने अब्बल छन् ।
झापा बिर्तामोडको निधि सेकेन्डरी स्कूल अहिले मध्यम शुल्क र उच्च गुणस्तरीय शिक्षाका कारण अभिभावकको आकर्षणका केन्द्र बनेको छ । २०७० सालमा बिर्तामोड नगरपालिका–२ रामचोकमा निदि सेकेन्डरी स्कुल सुरु भयो, नर्सरीदेखि कक्षा–९ सम्म २१० जना विद्यार्थी थिए । तर, एक दशकको यात्राको दौरानमा यस शैक्षिक संस्थाले लोभलाग्दो छलाङ मारेको छ । कारण हो- मध्यम शुल्क, गुणस्तरीय शिक्षा ।


आज निदि स्कुल र इन्द्रेणी क्याम्पसले एउटै छानामुनि २९०० भन्दा बढी विद्यार्थीलाई गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ, एक अग्रणी शैक्षिक गन्तव्यको रूपमा आफूलाई स्थापित गरेको छ ।
विद्यालय स्थापना हुँदा विद्यार्थी संख्या कसरी बढाउने भन्ने चिन्तामा रहेको व्यवस्थापन, आज भर्ना भएका हजारौँ विद्यार्थीको सिकाई र बसाईलाई थप व्यवस्थित, प्रभावकारी र गुणस्तरीय कसरी बनाउने भन्ने ‘सुखद चिन्ता’मा केन्द्रित छ । ‘हाम्रो पहिलो प्राथमिकता विद्यार्थी संख्या बढाउनु थियो, अहिले हाम्रो एकमात्र ध्येय उनीहरूको भविष्य सुनिश्चित गर्नु हो’, विद्यालयका दूरदर्शी प्रधानाध्यापक रञ्जित साहले भने ।
निदि स्कूलप्रति विद्यार्थी र अभिभावकको यो अपार आकर्षण रातारात सम्भव भएको होइन । यसका पछाडि स्पष्ट रणनीति र अथक मिहिनेत रहेको प्रधानाध्यापक साह बताउँछन् । उनका शब्दमा गुणस्तरीय शिक्षा पहिलो शर्त र प्राथमिकता हो । विद्यालयले कहिल्यै पनि शिक्षाको गुणस्तरमा सम्झौता गरेन । योग्य र अनुभवी शिक्षकहरूबाट प्रदान गरिने शिक्षा नै निधिको पहिलो पहिचान भएको छ ।
यहाँका शिक्षक(शिक्षिका स्थायी जस्तै छन् । आज आउने र भोलि छोड्ने शैक्षिक प्रवृत्तिबाट आफूहरु टाढा रहेको प्रधानाध्यापक साह सुनाउँछन् । जसकारण शिक्षण विधिमा एकरूपता र विद्यार्थीसँग गहिरो सम्बन्ध स्थापित भएको छ । यसले विद्यार्थीको सिकाईलाई प्रत्यक्ष रूपमा सघाएको छ ।
मध्यम शुल्क निदिको आकर्षक विशेषता हो । गुणस्तरीय शिक्षालाई सबैको पहुँचमा पु¥याउने उद्देश्यले विद्यालयले मध्यमस्तरको शुल्क निर्धारण गरेको छ, जसले गर्दा ठूलो संख्यामा अभिभावकहरू आकर्षित भएका छन् ।
अभिभावक(विद्यालय समन्वय पनि राम्रो छ । विद्यालयले नियमित रूपमा अभिभावकसँग परामर्श र समन्वय गर्दछ । यस त्रिपक्षीय ९विद्यार्थी(शिक्षक(अभिभावक० सम्बन्धले विद्यार्थीको शैक्षिक नतिजालाई उत्कृष्ट बनाउन मद्दत गरेको छ । गतवर्ष कक्षा १२ को परीक्षामा ९० प्रतिशत उत्तीर्ण दर थियो । ३५ जना विद्यार्थीले ‘ए प्लस’ ल्याउनु यसैको प्रमाण हो ।
दुईवटा सेक्सनबाट सुरु भएको विद्यालयमा अहिले विद्यार्थी संख्या बढेर पाँचवटासम्म सेक्सन सञ्चालनमा छन । कक्षा ११ र १२ मा विज्ञान संकायमा ४००, व्यवस्थापनमा ७०० र होटल म्यानेजमेन्टमा ४०० विद्यार्थी अध्ययनरत छन् । यति मात्र होइन, स्नातक तहतर्फ ‘बीबीएस’ कार्यक्रममा पनि ४०० भन्दाबढी विद्यार्थीले निदिमै आफ्नो उच्च शिक्षाको यात्रा अगाडि बढाइरहेका छन् । विद्यार्थी संख्याको आधारमा निदि साविक मेची अञ्चलका चार जिल्लामध्येकै सबैभन्दा ठूलो संस्थागत विद्यालय बन्न सफल भएको छ ।
निदिले आफूलाई प्रविधिमैत्री विद्यालयको रूपमा पनि चिनाएको छ । यहाँको विज्ञान प्रयोगशाला अत्यन्तै सुविधायुक्त छ, जहाँ कुनै पनि विद्यार्थीले प्रयोगात्मक अभ्यासका लागि पालो कुर्नु पर्दैन । स्मार्ट शिक्षण विधि, डिजिटल कक्षाकोठाहरू र विद्यार्थी(केन्द्रित सिकाई अभ्यासले निधिलाई आधुनिक बनाएको छ । जिल्लाका विभिन्न कुनाबाट आउने विद्यार्थीको सहजताका लागि १८ वटा बस सञ्चालनमा छन् । प्राध्यापकहरूको एक सबल समूहले सञ्चालन गरेको यो विद्यालयसँग साढे आठ कट्ठा आफ्नो र दुई बिघा लिजमा लिएको जग्गाले यसको दिगो भविष्यको संकेत गर्दछ ।
निदिले विद्यार्थीको चौतर्फी विकासमा जोड दिँदै आएको छ । यहाँका विद्यार्थी पढाईमा मात्र नभएर अतिरिक्त क्रियाकलापमा पनि उत्तिकै अब्बल देखिएका छन् । हिसानले आयोजना गरेको जिल्लास्तरीय खेलकुद प्रतियोगितामा दोस्रो स्थान निदिले हासिल गरेको थियो । प्रदेशस्तरीय खेलकुदमा निदिका विद्यार्थी प्रथम भएका थिए ।
हालै काठमाडौँ विश्वविद्यालयको ल स्कूलले आयोजना गरेको राष्ट्रिय वक्तृत्वकला प्रतियोगितामा निधिकी छात्रा कृतिका आचार्य नेपाल प्रथम भई विद्यालयको गौरव बढाएकी छिन् । यी उपलब्धिहरूले निदिले किताबी ज्ञानका साथै विद्यार्थीमा अन्तरनिहित प्रतिभा प्रस्फुटन गराउन महत्वपूर्ण भूमिका खेलेको प्रमाणित गर्छ । गुणस्तर, पहुँच र समग्र विकासको त्रिवेणी बनेको निदि सेकेन्डरी स्कुलरइन्द्रेणी क्याम्पस आज झापामा मात्र नभई प्रदेशका लागि एक अनुकरणीय शैक्षिक धरोहरको रूपमा उभिएको छ । (प्रबद्र्धनात्मक सामग्री)

