ताप्लेजुङ, २५ असार । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकामा चट्याङ लागेर एक व्यक्तिको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन्।
जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका अनुसार मंगलबार साँझ सिदिङ्वा–३ थुङरुङुवाका ३५ वर्षीय राजकुमार लिम्बु (देवान) लाई घरमै बसेको अवस्थामा चट्याङ लागेको थियो। घटनास्थलमै उनको मृत्यु भएको जनाइएको छ।
सोही दिन सिदिङ्वा–५ लिम्बुदिनका १७ वर्षीय मिसन लिम्बु पनि चट्याङ लागेर घाइते भएका छन्। मेघगर्जन सुरु भएपछि घरको विद्युत लाइनको एमसीबी झार्ने क्रममा उनी चट्याङको चपेटामा परेका हुन्।
प्रहरी निरीक्षक विवेक बस्नेतका अनुसार लिम्बुको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ र अहिले उनको साब्लाखु स्वास्थ्य चौकीमा उपचार भइरहेको छ।
Facebook Comments Box


