काठमाडौं, २७ असार । प्रधानमन्त्री केपी शर्मा ओलीसहित तीन शीर्ष नेतालाई अपशब्द बोलेर गाली गरेपछि पक्राउ परेका युट्युबर रेशमराज पौडेलविरूद्ध मुद्दा दायर भएको छ।
शुक्रबार काठमाडौं जिल्ला अदालतका न्यायाधीश श्यामविहारी मौर्यको इजलासमा पुर्पक्षको लागि सुनुवाइ भइरहेको छ। पौडेलले युट्युबमा आफ्नो नाम ड्राइभर रेशम राखेका छन्। उनीविरूद्ध सरकारी वकिलको कार्यालय काठमाडौंले बिहीबार विद्युतीय कारोबार ऐन २०६३ अन्तर्गत कारबाही गर्न माग गरी मुद्दा दायर गरेको थियो।
बागलुङ निसिखोलाका उनलाई प्रहरीले असार २ गते पक्राउ गरेको थियो। उनलाई सिआइबीको सहयोगमा साइबर ब्युरोको टोलीले नेपालगञ्जबाट पक्राउ गरी काठमाडौं ल्याएको थियो। उनीले युट्युबमा अपशब्द प्रयोग गरी प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा ९माओवादी केन्द्र०का अध्यक्ष पुष्पकमल दाहाल ुप्रचण्डु, गृहमन्त्री रमेश लेखक लगायतलाई गाली गरी भिडिओ राखेका थिए।
त्यसरी भिडिओ राखेको पाएपछि ब्युरोले प्रहरी प्रतिवेदनको आधारमा उनलाई पक्राउ गरेको थियो ।


