झापा, २८ असार । बाँकेमा जंगली हात्तीको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ।
बैजनाथ–१ चिसापानी निवासी ४५ वर्षीया पूर्णिमा बुढालाई हात्तीले आक्रमण गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । स्थानीय तीन जना महिला शुक्रबार बिहान घाँस काट्न भनेर गाउँ नजिकैको बर्दिया निकुञ्जको जंगलमा गएका थिए। सोही क्रममा हात्तीले आक्रमण गर्दा उनको मृत्यु भएको प्रहरीले जनाएको छ ।
हात्तीले आक्रमण गर्न थालेपछि बुढासँगै रहेका अन्य दुई महिलाले भने भागेर ज्यान जोगाएका छन् । मृतकको शव पोष्टमार्टमका लागि नेपालगन्जस्थित भेरी अस्पतालमा राखिएको छ ।
Facebook Comments Box


