
मोरङ, २९ असार । कटहरी गाउँपालिका–३ स्थित कटहरी चोकबाट प्रहरीले झण्डै ३ हजार १ सय ५० किलोग्राम गाँजा बरामद गरेको छ। गए राति कटहरी प्रहरी चौकीबाट खटिएको टोलीले को.१ ख. ४५१८ नम्बरको ट्रक जाँच गर्दा १०५ बोरा गाँजासहितको उक्त ट्रक फेला परेको हो।
प्रहरीलाई देख्नेबित्तिकै ट्रक चालक फरार भएको जनाइएको छ। हाल फरार चालकको खोजी कार्य तीव्र पारिएको छ भने घटनासम्बन्धी थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
Facebook Comments Box


