
झापा, ३० असार । स्वास्थ्य बीमा बोर्डले देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको छ ।
आगामी साउन १ गतेदेखि लागु हुनेगरी देशभरबाट ३८४ वटा स्वास्थ्य संस्थालाई प्रथम सेवा विन्दु तोकेको बोर्डका जनस्वास्थ्य अधिकृत विकेश मल्लले जानकारी दिनुभयो ।

स्वास्थ्य बीमा बोर्डबाट प्रथम सेवा विन्दुको रुपमा काम गर्ने अनुमति प्राप्त गरेका जुनसुकै सरकारी सेवा प्रदायक स्वास्थ्य संस्थाबाट बीमितले स्वास्थ्य सेवा प्राप्त गर्न सक्नेगरी व्यवस्था मिलाएको बोर्डका जनस्वास्थ्य अधिकृत मल्लले जानकारी दिनुभयो ।
स्वास्थ्य बीमा बोर्डले तोकेका प्रथम सेवा विन्दुलाई कार्यान्वयन गर्न सबै स्थानीय तहलाई आवश्यक विवरण पठाउन आग्रह गरेको छ । यसअघि बीमितले प्रथम सेवा विन्दुको रुपमा छानेको स्वास्थ्य संस्थाबाट सेवा लिएर मात्रै थप उपचारका लागि अन्य अस्पताल वा स्वास्थ्य संस्थामा पुग्नु पर्ने बाध्य थिए ।

