बिर्तामोड, ३० असार । झापाको बिर्तामोड नगरपालिका–१० मा करेन्ट लागेर एक पुरुषको मृत्यु भएको छ ।
सोमबार राति करेन्ट लागेर बिर्तामोड–१० पथरभिट्टाका ५३ को पुष्प पोखरेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । उनले आफ्नो नयाँ बनाउँदै गरेको घरमा पानी हाल्नको लागि मोटर जोड्ने क्रममा अचानक करेन्ट लागेर घाइते भएका थिए । उपचारको लागि छिमेकी भवानी घिमिरेले राति करिब ८ः४० बिएण्डसी अस्पताल बिर्तामोड ल्याएकोमा डाक्टरले मृत घोषणा गरेको जनाइएको छ ।
Facebook Comments Box


