
खोटाङ, ३१ असार । खोटाङको बारापोखरी गाउँपालिका–४ की २५ बर्षीया इन्द्रा राईको करेन्ट लागेर मृत्यु भएको छ ।
असार ३० गते बेलुका साढे ९ बजे मोबाईल चार्जबाट निकाल्ने क्रममा करेन्ट लाग्दा राईको घटनास्थलमानै मृत्यु भएको थियो ।

घटना सम्बन्धमा जिल्ला प्रहरी कार्यालय खोटाङले थप अनुसन्धान तथा कानुनी प्रकृया गरीरहेको छ।
Facebook Comments Box

