सुनसरी, ३ साउन । सुनसरीको दुई स्थानमा सवारी दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । साउन ०२ गते बिहान पौने १० बजे सुनसरीको इटहरी उप–महानगरपालिका– २० स्थित प्रदेश न. २.०१.००३ प २७२८ नम्बरको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटना हुँदा घाईते भएका मोटरसाईकल चालक सिरहा लाहान– ८ का ५० बर्षीय बिमल कुमार साहको उपचारको क्रममा बि।पि कोईराला स्वास्थ्य बिज्ञान प्रतिष्ठान धरानमाट मृत्यु भएको हो ।
त्यस्तै भोक्राहा नरसिंह गाउँपालिका– ५ स्थितमा प्रदेश १.०२.००२ ख ०२४० नम्बरको टिफरले प्रदेश १.०२.०४३ प १३३८ नम्बरको मोटरसाईकललाई ठक्कर दिदा घाईते भएका मोटरसाईकल चालक भोक्राहा नरसिंह– ३ का ३५ बर्षीय सुदिन यादवको उपचारको क्रममा जिल्ला अस्पताल सुनसरीमा मृत्यु भएको हो ।
घटनामा संलग्न टिफर चालक भोक्राहा–२ का २८ बर्षीय जयप्रकाश मेहतालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले नियन्त्रणमा लिई थप अनुसन्धान गरिरहेको छ ।


