झापा , ३ साउन । झापा र सुनसरीको दुई छुट्टा छुट्टै स्थानमा करेन्ट लागेर २ जनाको मृत्यु भएको छ ।
साउन ०२ गते दिउँसो साढे २ बजे झापाको अर्जुनधारा नगरपालिका– ४ का ३५ बर्षीय दिपक पाण्डेले बिर्तामोड– २ स्थितमा बिजुलिको ट्रान्समिटर जोड्ने क्रममा अचानक करेन्ट लागि घाईते भएका उनको बि.एण्ड.सि अस्पताल बिर्तामोडमा उपचारको क्रममा मृत्यु भएको हो ।
त्यस्तै सुनसरीको रामधुनी नगरपालिका– ६ की १८ बर्षीय स्मृती चौधरीले आफ्नै घरमा रहेको कल चलाउने क्रममा करेन्ट लागि मृत्यु भएको हो । घटना सम्बन्धमा सम्वन्धित प्रहरी कार्यालयबाट थप अनुसन्धान भईरहेको छ ।
Facebook Comments Box


