
झापा, २५ साउन । अहिलेसम्मकै उच्च रहेको सुनको भाउ आज घटेको छ । आज सुन तोलामा २ सय रुपैयाँले घटेको हो । भाउ घटेर आज सुन तोलाको एक लाख ९९ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
आज चाँदीको भाउ भने बढेको छ । चाँदी पाँच रुपैयाँले बढेर तोलाको दुई हजार तीन सय ३० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



