
झापा, ३० साउन । आज सुनचाँदीको भाउ घटेको छ । सुन आज तोलामा ६ सय रुपैयाँले घटेर तोलाको एक लाख ९६ हजार दुई सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । हिजो सुनको भाउ तोलाको एक लाख ९६ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको भाउ पनि घटेको छ । चाँदीको भाउ २५ रुपैयाँले घटेर तोलाको दुई हजार तीन सय १५ रुपैयाँ कायम भएको छ । हिजो चाँदीको भाउ तोलाको दुई हजार तीन सय ४० रुपैयाँ रहेको थियो
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



