
झापा, १३ भदौ । नेपाली बजारमा सुनको मूल्य २ लाख रुपैयाँ नाघेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको मूल्य शुक्रबार २ लाख ६ सय रुपैयाँ कायम भएको हो । सुनको मूल्य यो हालसम्मकै उच्च भएको महासंघले जनाएको छ ।
यसअघि बिहीबार सुनको मूल्य तोलामा १ लाख ९९ हजार ४०० रुपैयाँ थियो । जसअनुसार आज १२०० रुपैयाँ वृद्धि भएको हो ।
यसैबिच चाँदीको मूल्य पनि बढेको छ । बिहीबार तोलामा २ हजार ३५५ रुपैयाँ कायम भएको चाँदीको मूल्य शुक्रबार २ हजार ३६० रुपैयाँ पुगेको हो ।
Facebook Comments Box
झापा अनलाइन बिर्तामोडबाट सञ्चालित अनलाइन न्यूज पोर्टल हो । यसमा प्रकाशित समाचारबारे कुनै प्रतिक्रिया भए jhapaonline75@gmail.com मा इमेल गर्नुहोला ।



