उदयपुर, ३ असोज । जिल्ला प्रहरी कार्यालय उदयपुरले ट्याक्टर चोरीमा संलग्न ३ जनालाई पक्राउ गरेको छ ।
असोज ३ गते ०१ः०० बजे उदयपुरको त्रियुगा नगरपालिका–१३ बहेडवा का देब नारायण चौधरीको घर अगाडी पार्किङ गरी राखेको स १ त २८२३ नम्बरको ट्याक्टर चोरी भएको जानकारी पाउनासाथ तत्काल खोजतलाशमा खटिएको प्रहरी टोलीले असोज ३ गते बिहान ३ बजे त्रियुगा(१३ फुलजोर स्थितबाट ट्याक्टर र ट्याक्टर चोरीमा संलग्न उदयपुको चौदण्डिगढी नगरपालिका–७ का २४ वर्षीय सुदिप चौधरी, चौदण्डिगढी(५ का २५ वर्षीय रोहित कुमार चौधरी र २४ वर्षीय चन्दन कुमार चौधरीलाई निजहरुले प्रयोग गरेको बा६३प ५४७५ नम्बरको स्कुटर सहित नियन्त्रणमा लिएको हो ।
पक्राउ परेका सबैजनाको थप अनुसन्धान भई रहेको छ ।
Facebook Comments Box


