
झापा, ५ भदौ । नेकपा माओवादी केन्द्रले हाल कायम रहेको केन्द्रीय समिति भङ्ग गर्ने प्रस्ताव गरेको छ। आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको पदाधिकारी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उक्त प्रस्ताव प्रस्तुत गरेका हुन्।
एक नेताका अनुसार अध्यक्ष प्रचण्डले आगामी मंसिरमा विशेष महाधिवेशन गर्ने प्रस्ताव पनि बैठकमा राखेका छन्। विशेष महाधिवेशनको तयारीस्वरूप एक साताभित्र केन्द्रीय समितिको बैठक बोलाएर विशेष महाधिवेशन आयोजक समिति गठन गर्ने प्रस्ताव समेत गरिएको छ। पार्टी पुनर्संरचना र संगठन सुदृढीकरणका लागि यो कदम चालिएको बताइएको छ।
Facebook Comments Box



