काठमाडौँ, ७ असोज । जेनजी प्रदर्शनका क्रममा कारागारबाट भागेका चूडामणि उप्रेती ‘गोरे’ कारागार फर्किएका छन् । भदौ २४ मा उनी अरू कैदीबन्दीसँगै कारागारबाट बाहिरिएका थिए । गोरे कारागार फिर्ता भएको केन्द्रीय कारागारका जेलर कृष्ण चापागाईँले जानकारी दिए ।
दुबईबाट ३३ किलो सुन तस्करी गरेर काठमाडौँ ल्याएको मुद्दामा उनी थुनामा छन् । २०७४ माघ ९ मा विमानस्थलमा आएको सुन ‘गोरे’ को समूहले ल्याएको अनुसन्धान निष्कर्ष छ ।
तर, सो सुन अहिलेसम्म फेला परेको छैन । भरियाले काठमाडौँको नयाँ बानेश्वर स्थित रत्नराज्य स्कुल नजिकैबाट लुटिएको जानकारी गराएको गोरेले बयानमा खुलाएका छन् ।
Facebook Comments Box


