मोरङ, ७ असोज । मोरङको विराटनगर महानगरपालिका–१७ स्थितबाट स्रोत नखुलेको अवैध रकमसहित १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
असोज ७ गते दिउँसो साढे १ बजे अस्थायी प्रहरी पोष्ट मटेरुवा मोरङबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा भारतबाट नेपालतर्फ आउदै गरेको को ३८ प ५८५१ नम्बरको मोटरसाइकल चालक विराटनगर–१८ का ४१ वर्षीय वीरेन्द्र साहले साथमा लुकाई छिपाई राखेको स्रोत नखुलेको १४ लाख ५० हजार नेपाली रुपैयाँसहित पक्राउ गरेको हो ।
पक्राउ परेका उनको इलाका प्रहरी कार्यालय रानीबाट आवश्यक थप अनुसन्धान भइरहेको छ ।
Facebook Comments Box


