झापा, ८ असोज । आज बुधबार देशका विभिन्न स्थानमा मध्ममदेखि भारीसम्म वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।
महाशाखाले आज बिहान जारी गरेको प्रक्षेपणअनुसार दिउँसो देशभर साधारणतया बदली रहने छ। कोसी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थान, लुम्बिनी प्रदेशलगायत बाँकी पहाड भूभागका थोरै स्थान तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा मध्यम वर्षाको सम्भावना छ। कोसी प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।
आज राति देशका पहाड भेगमा साधारणतया बदली रही बाँकी स्थानमा आंशिक बदली रहने छ। गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेशका पहाड भूभागका थोरै तथा बाँकी तराई भूभागका एक–दुई स्थानमा स्थानमा मध्यम वर्षाको सम्भावना छ ।


