झापा, १४ असोज । झापाको भद्रपुर नगरपालिका–१ मा ग्रेण्डर मेसिनले राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिएपछि एक जनाको मृत्यु भएको छ ।
सोमबार साँझ भद्रपुर–१ का रमेश परियारको राँगाको खुट्टा काट्ने क्रममा आफ्नै खुट्टा काटिएपछि अत्याधिक रक्तस्रावका कारण मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिनुभयो ।
आफ्नै घरमा साँझ ५ बजे राँगाको खुट्टा काट्ने क्रममा ग्रेण्डर मेसिनले अचानक बायाँ खुट्टा काटिएपछि गम्भीर घाइते भएका परियारलाई तत्काल उपचारका लागि बिर्तामोडस्थित बीएण्डसी अस्पताल लगिएको थियो ।
अस्पतालमा उपचारको क्रममा साँझ ८ बजे उच्च रक्तस्रावका कारण उहाँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


