राजेश ढुंगाना
मलाई
युगौँदेखि उसको हैकमले
मान्छे बन्नबाट रोकेको छ
उसले मलाई
मात्र एक थाल भातमा
थन्क्याएको छ
पिंजडाको सुगा पनि
बोल्न
स्वतन्त्र होला बरु
मेरो भने
जिब्रोबाट आवाज थुतेर
बोली
बन्द गराइएको छ
हो
अहिलेसम्म
निरन्तर सदैव
म बाट
मेरो म खोसिएको छ
मलाई
एक अंगुल बचाएर
एक हात मारिएको छ् !
Facebook Comments Box


