झापा, १० कात्तिक । झापाको मेचिनगर नगरपालिका–१० स्थित टिकापुरको नागरडुब्बा खोलाको किनारमा एक पुरुष वेवारिसे अवस्थामा फेला परेका छन् ।
आज बिहान करिब ७ः३० बजे अन्दाजी ३५–३६ वर्षको नाम, थर र वतन नखुलेका पुरुष लडिरहेको अवस्थामा फेला परेको स्थानीयले इलाका प्रहरी कार्यालय धुलाबारीलाई जानकारी गराएका थिए । सूचना प्राप्त भएपछि प्रहरी टोली घटनास्थल पुगेर ती पुरुषलाई तत्काल उद्धार गरी उपचारका लागि प्रादेशिक अस्पताल भद्रपुर पठाइएको हो ।
प्रहरीका अनुसार ती पुरुष बोल्न नसक्ने अवस्थामा गम्भीर छन्। हालसम्म उनको परिचय खुल्न सकेको छैन भने आफन्तको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।
Facebook Comments Box


