झापा, १४ कात्तिक । गोप्य सूचनाको आधारमा झापाको बिर्तामोडमा जुवा खेलिरहेको अवस्थामा प्रहरीले छापा मारेर ९ जनालाई नियन्त्रणमा लिएको छ।
मिति २०८२ साल कात्तिक १४ गते राति अन्दाजी ००:४५ बजे इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको टोलीले बिर्तामोड नगरपालिका–४, पश्चिम बसपार्क छेउमा डेरा गरी बस्ने बाह्रदशी गाउँपालिका–४ का २९ वर्षीय राज कुमार साहको कोठामा जुवा खेलिरहेको अवस्थामा उनीसहित अन्य ८ जनालाई पक्राउ गरेको हो।
पक्राउ परेकाहरूको साथबाट नगद रु ७५,६०० (पचहत्तर हजार छ सय) र तासका ७ बुङ सिलप्याक तथा १ बुङ खोलिएको तास बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ परेकाहरूको विवरण यसप्रकार छ:
रतन राजवंशी, ३८ वर्ष, बिर्तामोड न.पा–२
किशोर पराजुली, २६ वर्ष
उत्तम शिवाकोटी, ४३ वर्ष
राजन थापा, ४३ वर्ष
डम्बर बस्नेत, ४० वर्ष, बिर्तामोड न.पा–३
दिवाकर प्रासाई, ४० वर्ष
राजेन्द्र चौधरी, ३६ वर्ष, बिर्तामोड न.पा–५
राज कुमार साह, २९ वर्ष, बाह्रदशी गा.पा–४
नारायण पराजुली, २८ वर्ष, मेचिनगर न.पा–२
उनीहरूलाई मुलुकी अपराध संहिता २०७४ अन्तर्गत जुवा कसुरमा अनुसन्धान गर्न जिल्ला प्रशासन कार्यालय झापाबाट ५ दिनको म्याद लिइ अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।


