झापा, २० कात्तिक । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुको विशेष टोलीले भदौ २४ गतेको जेनजी आन्दोलनको क्रममा नेपाल प्रहरीबाट लुटिएको तीन थान हतियारसहित शिवराज धमलालाई तारकेश्वरबाट पक्राउ गरेको छ ।
धमला कैलाली टिकापुरका हुन् र पठाओ चालकको रूपमा काम गर्दै आएका थिए । धमलाले पेस्तोल बिक्री गर्न खोज्दा ग्राहक बनेर पुगेको प्रहरी टोलीले उनलाई हतकडी लगाएर नियन्त्रणमा लिएको थियो । त्यसपछि उनको कोठामा गरिएको खानतलासीमा थप दुई थान हतियार बरामद गरिएको प्रहरीले जनाएको छ ।
धमलासँग थप अनुसन्धान भइरहेको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एसपी काजीप्रसाद आचार्यले जानकारी दिए ।
Facebook Comments Box


