मोरङ, २० कात्तिक । मोरङको जहदा गाउँपालिका–३ बाट लागुऔषध गाँजा ओसार–पोसारमा संलग्न एम्बुलेस र चालकसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कात्तिक १९ गते राति विशेष सूचनाको आधारमा लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र वडा प्रहरी कार्यालय हाटखोलाबाट खटिएको प्रहरी टोलीले जहदा गाउँपालिका–३ स्थितमा स. १ च ६५६ नम्बरको एम्बुलेन्सलाई चेकजाँच गर्दा उक्त एम्बुलेन्स भित्र कालो रंगको झोलामा लुकाई छिपाई राखेको अवस्थामा ३३ किलो ६१० ग्राम गाँजा बरामद गरेको हो ।
गाँजा बरामद भए सगै ओसार पोसारमा संलग्न एम्बुलेन्स चालक विराटनगर–५ का ३२ बर्षीय दुर्गा प्रसाद राजवंशी र एम्बुलेन्ससँगै रहेका को. ३१ प ८८८९ नम्बरको मोटरसाइकल चालक जहदा गाउँपालिका–३ का ३२ बर्षीय दिलिप कुमार राजवंशी समेतलाई नियन्त्रणमा लिएको छ ।


